नेपाल टेलिकमको तेस्रो त्रैमासिक वित्तिय विवरण: आम्दानी बढ्यो, नाफा घट्यो

NTC Recharge Bonus Data Offer

३१ वैशाख, काठमाडौं।

नेपाल टेलिकमको नाफा घटेको छ। नेपाल टेलिकमको .. २०७९/८० को  तेस्रो त्रैमासिकको वित्तीय विवरण (Unaudited) को सारांशः

  • गत आ.व. को नौ महिनाको अवधि (२०७८ चैत्र मसान्त) सम्ममा कम्पनीको कुल सञ्चालन आय रु २८ अर्व २१ करोड ९६ लाख १२ हजार रहेकोमा चालु आ.व. को सोही अवधि (२०७९ चैत्र मसान्त ) सम्ममा रु ८७ करोड २९ लाख ६४ हजार (अर्थात, ३.०९ प्रतिशत) ले कमी भई रु २७ अर्व ३४ करोड ६६ लाख ४७ हजार रहेको।
  • गत आ.व. को नौ महिनाको अवधि (२०७८ चैत्र मसान्त) सम्मको कुल आय रु. ३२ अर्व ५३ करोड ६७ लाख २९ हजार रहेकोमा चालु आ.व. को सोही अवधि (२०७९ चैत्र मसान्त) सम्ममा कुल आय रु. ६७ करोड १८ लाख ३५ हजार (अर्थात् २.०६ प्रतिशत ) ले वृद्धि भई रु. ३३ अर्व २० करोड ८५ लाख ६५ हजार रहेको।
  • गत आ.व. को नौ महिनाको अवधि(२०७८ चैत्र मसान्त) सम्मको खुद मुनाफा रु ५ अर्व ४३ करोड ५३ लाख ४६ हजार रहेकोमा चालु आ.व. को सोही अवधि  (२०७९ चैत्र मसान्त ) सम्म रु. २ करोड ३३ लाख ७१ हजार (अर्थात, ०.४३ प्रतिशत) ले कमी भई रु ५ अर्व ४१ करोड १९ लाख ७४ हजार रहेको।
  • गत आ.व.को नौ महिनाको अवधिको तुलनामा चालु आ.व.को सोही अवधि सम्मको खुद मुनाफा परिवर्तन हुनुको प्रमुख कारणहरु निम्नानुसार रहेको:-

४.१ कार्य संचालन आयमा वृद्धि:

  • Data सेवाको प्रयोगमा वृद्धि भएका कारण GSM Data तर्फ करिब रु. ७७ करोड ५० लाख २६ हजार वृद्धि भएको
  • अन्तरआवद्धता सम्वन्धी निर्देशिका अनुसार Domestic अन्तरआवद्धता शुल्क (Tariff) मा कमी आएको र सो संग सम्बन्धित खर्चमा समेत कमी आएको

४.२ कार्य संचालन आयमा कमी :

  • अन्तरआवद्धता सम्वन्धी निर्देशिका अनुसार Domestic अन्तरआवद्धता शुल्क (Tariff) मा कमी आएको र OTT सेवाको बढ्दो प्रयोगका कारण अन्तरआवद्धता आयमा करिब रु. ५७ करोड ५८ लाखले कमी भएको
  • विभिन्न जनसरोकारका निकायले पूर्वाधार निर्माण, विस्तार, मर्मत, स्थानान्तरण एवं नगरपालिका र वडा कार्यालयले गर्ने केबल व्यवस्थापन कार्यका क्रममा कम्पनीले सेवा प्रवाह गर्न निर्माण गरेका कतिपय संरचनामा क्षति पुग्ने गरेको |
  • आर्थिक ऐन, २०७९ बाट दूरसंचार सेवा दस्तुरमा भएको परिवर्तनको कारण राजस्वमा असर पर्न गएको |
  • कम्पनीको लेखा नीति तथा NFRS वमोजिम गणना गर्दा Impairment मा गत आ.व.मा भन्दा बढी खर्च आएको।

४.३ गैर कार्य संचालन आयमा भएको परिवर्तन:

  • बैंक ब्याजदरमा भएको परिवर्तनका कारण वित्तीय आम्दानी करिब रु.१ अर्ब ७३ करोड ९९ लाखले वृद्धि भएको ।
  • बिदेशी विनिमय दरमा भएको परिवर्तनका करिब रु.५ करोड ४६ लाख Foreign exchange Gain भएको ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here