मौद्रिक नीति के हो ? यसको उद्देश्य के हुन् ? 

Treasury Bills in Nepal
Monetary Policy

३१ वैशाख, काठमाडौं।

देशमा मुद्राको माग र आपूर्ती बिच संतुलन कायम राखि मुद्रास्फीति नियन्त्रण गर्न, रोजगारी बृद्धि गर्न , दिगो आर्थिक बृद्धि गर्न,शोधानान्तर स्थितिलाई मज्बुत बनाउने उद्येश्यका साथ केन्द्रीय बैंकले जारी गर्ने नीतिलाई मौद्रिक नीति भनिन्छ ।

समष्टिगत आर्थिक स्थायित्व कायम राख्दै आर्थिक क्रियाकलाप विस्तारमा सहयोग पुर्याउन देशको केन्द्रीय बैंकले तर्जुमा गर्ने नीति नै मौद्रिक नीति हो । मौद्रिक नीतिले मुद्रा प्रदाय, कर्जा र व्याजदरको व्यवस्थापन मार्फत आर्थिक स्थायित्व कायम राख्दै आर्थिक वृद्धि तथा रोजगारी सृजनामा सहयोग पुर्याउने उद्देश्य राखेको हुन्छ ।

यो नीति केन्द्रीय बैंकले हरेक बर्ष जारी गर्छ । नेपालको केन्द्रीय बैंक नेपाल राष्ट्र बैंकले आर्थिक बर्ष २०५९ / ६० देखि हरेक बर्ष मौद्रिक नीति जारी गर्ने र त्यसको समीक्षा गर्दै आएको छ । वित्तीय नीतिमा लिएका लक्ष्य जस्तो आर्थिक बृद्धि , रोजगारी बृद्धि जस्ता उद्येश्य पुरा गर्न सहयोग पुर्याउनु पनि मौदिक नीतिको लक्ष्य हो ।

मौद्रिक नितिक उद्देश्य के हो ?

मौद्रिक नीतिले मुलुकको अर्थ व्यवस्थामा महत्वपूर्ण भूमिका खेल्छ । विशेष गरी मौद्रिक नीतिले अर्थतन्त्रमा बचत संकलन, परिचालन, तरलता व्यवस्थापन, मुल्यवृद्धि, ब्याजदर निर्धारण तथा विदेशी विनिमय लगायतको सन्तुलन कायम गर्ने काम गर्छ ।

वित्तिय संस्थाको स्थापना र विकास, मुद्रा बजारको व्यवस्थापन, मुद्राको माग र पूर्तिबीच समायोजन, आर्थिक विकास, उपयुक्त ब्याज दर निर्धारण, अर्थव्यवस्थाको मौद्रिकीकरण, कर्जा व्यवस्थापन , मुल्य स्थिरता, बाह्य क्षेत्र स्थायित्व कायम गर्ने, विदेशी मुद्रा सञ्चितिको निगरानी मौद्रिक नितिको प्रमुख उद्देश्य हो ।

मौद्रिक नीतिमा अर्थतन्त्रका थुप्रै महत्त्वपूर्ण योजना निर्भर हुन्छन् । महँगीमा अंकुश, मूल्यमा स्थिरता, टिकाउ आर्थिक विकास दरको लक्ष्यजस्ता कुरालाई मौद्रिक नीतिले समेटेको हुन्छ । रोजगारीका अवसर सिर्जना गर्नु पनि यसको उद्देश्य हो।

मौद्रिक नीतिको कार्य दिशालाई मुद्रास्फीति र विदेशी विनिमय सञ्चितिको वर्तमान अवस्था र सम्भावित परिदृश्यको आधारमा समष्टिगत आर्थिक स्थायित्व कायम राख्दै आन्तरिक आर्थिक गतिविधिहरु चलायमान बनाउन सहयोग पु¥याउनु यसको उद्देश्य हो ।

मौद्रिक नीतिका उपकरणहरुमा: बैंकदर या पुनकर्जादर, अनिवार्य नगद मौज्दात, खुला बजार कारोबार, निक्षेप संकलन, तरलता अनुपात, नैतिक दबाब, प्रचार प्रसार, प्रत्यक्ष कारवाही पर्दछन् ।

मौद्रिक नीतिको कार्यदिशालाई मुद्रास्फीति र विदेशी विनिमय सञ्चितिको वर्तमान अवस्था र सम्भावित परिदृश्यको आधारमा समष्टिगत आर्थिक स्थायित्व कायम राख्दै आर्थिक गतिविधिहरु चलायमान बनाउन सहयोग पुर्याउछ ।

#मौद्रिक निति

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here