जेठदेखि एमडीएमएस पूर्णरुपमा लागू हुने

(MDMS) Mobile Device Management System in Nepal From Jestha 1
Mobile Device Management System (MDMS) in Nepal

३१ वैशाख, काठमाडौं। 

मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) भोलि (जेठ १ ) देखि पूर्णरुपमा सञ्चालनमा आउने भएको छ ।

नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार नेपालमा मोबाइल सेटहरूको प्रयोग र आयातलाई व्यवस्थित गर्न जेठ १ गतेदेखि एमडीएमएस पूर्ण रुपमा लागू हुन लागेको हो ।

व्यक्तिगत प्रयोजनका लागि विदेशबाट ल्याई भन्सार कार्यालयमा जाँच पास भएका मोबाईल सेटहरू एमडीएमएस प्रणालीमा स्वतः दर्ता हुने व्यवस्था गरिएको छ।

नेपाल सरकारको “निजी प्रयोगका मालवस्तु सम्बन्धी आदेश २०७७” बमोजिम व्यक्तिगत प्रयोजनका लागि विदेशबाट ल्याइएका मोबाइल सेटहरू सम्बन्धित व्यक्ति स्वंयले राहदानी वा नागरिकता साथै Departure Stamp र Arrival Stamp देखिने राहदानीको पृष्ठ वा बोर्डिङ पास प्रयोग गरी दर्ता गर्न सक्ने व्यवस्था गरिएको छ ।

नेपाल भित्र मोवाइल खरिद गर्दा उक्त मोबाइल सेट नेपाल दूरसञ्चार प्राधिकरणको MDMS प्रणाली (mdms.nta.gov.np) मा दर्ता भए/नभएको एकिन गरी मात्र खरिद गर्न प्राधिकरणले अनुरोध गरेको छ |

साथै मोबाइल आयातकर्ता/विक्रेताहरूले मोबाइल आयात गर्नु अघि अनिवार्य रूपमा प्राधिकरणको पूर्व स्वीकृति लिई प्रधिकरणमा दर्ता भएका मोबाइल मात्र बिक्री वितरण गर्न पनि प्राधिकरणको अनुरोध छ ।

Mobile Device Management System (MDMS) in Nepal

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here