बुधबार, १७ जेठ २०७४, ११ : ०४
‘इपिएसमा जस्तो किसिमले प्रश्न सोध्ने गरिन्छ, त्यही शैलीमा हामीले एपमा प्रश्नहरुको सेट राखेका छौँ,’ उरी कन्सलटेन्सीका उदेश श्रेष्ठ भन्छन्, ‘एप चलाएर सजिलै टेस्ट दिन सकिन्छ, टेस्ट दिने बित्तिकै यसको रिजल्ट तपाईँले हेर्न सक्नुहुन्छ। यसले तपाईँलाई वास्तविक इपिएस परीक्षाका लागि आत्मविश्वास पनि जगाउँछ।‘
एनक्लाउडले पहिला पैसा तिर्नुपर्ने एप बनाएको थियो। अहिलेको एप डाउनलोड गर्न चलाउन कुनै शुल्क लाग्ने छैन। छोटो समयमै लोकप्रिय यो एप हाललाई एण्ड्रोइड भर्सनमा मात्र उपलब्ध छ। छिटै आइओएस भर्सनमा पनि निर्माण गर्ने तायरी भइरहेको कम्पनीले जनाएको छ।
लेबर कन्ट्र्याक्ट,रोजगार अनुमति लगायत इपिएससँग सम्बन्धित सबै समाचार पनि यो एपमार्फत् थाहा पाउन सकिनेछ। यो एप गुगल प्लेस्टोरमा उरी इपिएस टपिक टेस्ट सर्च गर्दा देखिनेछ।
Source: Click Here