डिशहोमको मिसन ८१ योजना सार्वजनिक 

Unveiling Dishhome's Mission 81
Share It On:

२ बैशाख, काठमाण्डौं।

डिसहोमले नयाँ वर्ष विशेष ग्राहकहरूको लागि नयाँ योजना सार्वजनिक गरेको छ।

नयाँ बर्ष २०८१ को सुरुवात संगै डिशहोमले आफ्ना ग्राहकहरुको लागि “डिशहोम मिसन ८१” योजना लिएर आएको छ ।

यस योजनामा डिशहोमका ग्राहकहरुले मात्र रु ३००० मा डिशहोमको बार्षिक रिचार्ज गर्न सक्नेछन् । ग्राहकहरुले नजिकैको डिलरदाईकोमा गएर फण्ड ट्रान्सफर वा अनलाइन रिचार्ज सेवा आईएमई पे, खल्ती मार्फत रिचार्ज गर्न सक्नेछन् ।

नेपालभर रहेका डिशहोमका डिलर तथा सब-डिलरहरू मार्फत ग्राहकहरूले फन्ड ट्रान्सफरबाट वार्षिक रिचार्ज गरी यो योजनामा सहभागिता जनाउन सक्नेछन् ।

यसबारे देशभर रहेको डिशहोम बिक्रेता, नजिकैको डिलर वा डिशहोमको ग्राहक सेवा केन्द्रबाट जानकारी लिन सकिनेछ। फन्ड ट्रान्सफर बारे अधिक जानकारीको लागि देशभर रहेको डिशहोम बिक्रेता, नजिकैको डिलर वा डिशहोमको ग्राहक सेवा केन्द्रमा सम्पर्क गर्न समेत कम्पनीले जनाएको छ।


Share It On:

Leave a Reply

Your email address will not be published. Required fields are marked *