सन्राइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा निरज कुमार श्रेष्ठ

Share It On:

बिहिबार, जेठ २३, २०७६

सन्राइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा श्निरज कुमार श्रेष्ठ सन्राइज बैंक लिमिटेडको संचालक समितिको मिति २०७६ साल जेष्ठ २२ गते बसेको ३१७ औ बैठकको निर्णयानुसार बैंकको रिक्त रहेको प्रमुख कार्यकारी अधिकृत पदमा काठमाण्डौ जिल्ला, बस्ने  श्रेष्ठलाई आषाढ २ गते देखि लागू हुने गरी ४ बर्षका लागि प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त गरिएको छ । प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त हुने श्रेष्ठ तत्कालिन ग्रिण्डलेज बैंक लिमिटेड (हाल स्टाण्डर्ड चार्टर्ड बैंक लिमिटेड) मा सेवा प्रारम्भ गर्नु भई करिब १३ बर्षको कार्यानुभव लिनु भएको, एस फाइनान्स लिमिटेडमा प्रमुख कार्यकारी अधिकृतको रुपमा करिब ३ बर्ष जिम्मेवारी सम्हाल्नु भएको, तत्कालिन एन.आई.सी. बैंक लिमिटेड (हालको एन.आई.सी. एशिया बैंक लि.) मा करिब ९ बर्ष महाप्रबन्धक पदमा रही कार्य गरेको अनुभव रहेको, ग्लोबल आईएमई बैंक लिमिटेडमा नायब प्रमुख कार्यकारी अधिकृतको रुपमा र सो पश्चात माछापुच्छ्रे बैक लिमिटेडमा प्रमुख कार्यकारी अधिकृत पदको जिम्मेवारी सम्हाल्नु भएको कार्यानुभव रहेको छ ।


Share It On:

Leave a Reply

Your email address will not be published. Required fields are marked *