ओपो रेनोटू एफःप्रिमियम फिचर्स सुसज्जित मिड रेन्जफोन सिर्जनशिल पुस्ताका लागि अत्याधुनिक फोन

Oppo Reno2 F specifications
Share It On:

काठमाडौं, कात्तिक १४

ओपोले नेपालमा भरखरै रेनो सिरिज अन्तर्गत आफ्नो नयाँ स्मार्टफोन रेनोटू एफ सार्वजनिक गरेको छ । रेनोटू एफ, ओपोको लोकप्रिय रेनो सिरिज अन्तर्गत भित्र्याइएको नयाँ संस्करण हो । प्रयोगकर्ताको रचनात्मकतालाई थप प्रोत्साहन गर्ने उद्देश्यका साथ कम्पनीले यसमा फोटोग्राफीमा सुधार ल्याउने प्रशस्त फिचर्स उपलब्ध गराएको छ । फोनका बारेमा उपभोक्ताका जिज्ञासा समाधानका साथै फोनका बारेमा थप जानकारी दिने सोचका साथ फोनको रिभ्यू प्रस्तुत गर्ने जमर्को गरेका छौँ:

हरेक परिस्थिती उपयुक्त क्यामेरा

ओपो रेनोटू एफमा रहेको अत्याधुनिक क्यामेरा प्रविधिले बृहत ल्याण्डस्केप देखि संकुचित गल्ली तथा पर्याप्त सौर्य प्रकाश रहेका स्थान तथा औँशीको अँध्यारो रात, हरेक वातावरण तथा परिस्थितीमा उत्कृष्ट प्रदर्शनी दिने क्षमता राख्छ । यसमा कम्पनीले क्वाड (चारओटा) क्यामेरा सेटअपको ब्यवस्था गरेको छ । फोनमा उपलब्ध चार क्यामेरामा ४८ एमपी अल्ट्रा क्लियर मेन लेन्स, ८ एमपी वाइड एंगल लेन्स, एउटा मोनो लेन्स र २ एमपीपोट्रेट लेन्स रहेका छन् । यस फोनमा उपलब्ध गरिएको ४८ एमपी क्षमताको प्रमुख लेन्स पछिल्ला पुस्ताका लेन्सको तुलनामा ठूलो मात्र नभइ अझ बढी रेजोल्यूशन दिने क्षमता राख्छ । यसमा रहेका एफ१.७९ एपर्चर र १/२.२५ ईञ्च सेन्सरको सहायताबाट यसो हुनु सम्भव भएको हो ।

समान भिडियो क्षमता

Oppo Reno2 F Video Features

ओपो रेनोटू एफले उत्कृष्ट तस्विर खिच्न सघाउनुका साथै समान भिडियो क्षमता पनि प्रदर्शित गर्छ । यसमा रहेका वाइड एंगल लेन्स र सोलुप भिडियो एडिटरका कारण रेनोटू एफको भिडियो खिच्ने क्षमता पनि उत्तिकै सटिक छ ।

पप्अप् क्यामेराः

Oppo Reno2 F pop-up camera

रेनोटू एफमा कम्पनीले पप्अप् क्यामेरालाई ह्याण्डसेटको मध्यभागमा जडान गरेको छ । यसले गर्दा फोनबाट खिचिने सेल्फी प्राकृतिक देखिन्छ । साथै, यसमा उपलब्ध गरिएको रंगिन आरजीबी एट्मसफेर लाइटले सेल्फीमा विभिन्न मुड प्रदान गर्न सघाएको छ ।

स्क्रिनः

Oppo Reno2 F Screenवेभ ब्राउजिङ गर्दा होस्, भिडियो स्ट्रिमिङवा गेमिङ, हरेक अवस्थामा यसमा रहेको पानोरामिक स्क्रिन साइजले आरामदायी भ्यूइङ अनुभव प्रदान गर्छ ।यसमा रहेको १९.५ः९, पानोरामिक स्क्रिनमा २३४०८१०८० रिजोल्यूसन र ९१.१% स्क्रिन टू बडी रेसियो दिइएको छ । फोनलाई सम्भावित क्षतिबाट जोगाउने सोचका साथमा यसमा रहेको६.५ ईञ्च एमोलेड पानोरामिक स्क्रिनमा पाचौँ पुस्ताको कोर्निङ गोरिल्ला ग्लासको प्रयोग गरिएको छ ।
रेनोटू एफमा आँखालाई स्क्रिनले फाल्ने हानिकारक नीलो प्रकाशबाट जोगाउन फ्लिकर फ्रिमोड र नाइट शिल्ड मोड उपलब्ध गरिएको छ ।

ब्याट्री:

Oppo Reno2 F Battery

ओपोेले ब्याट्रीको महत्वका बारेमा पनि रेनोटू एफमा उत्तिकै ध्यान दिएको देखिन्छ । कम्पनीले फोनमा ४ हजार एमएएच (टीवाईपी) ब्याट्री जडान गरेको छ । यो ब्याट्रीलाई मोबाइल गेम खेल्दै गर्दाको बखतमा समेत मज्जाले चार्ज गर्न सकिन्छ । फोनमा स्मार्ट एआई रेफ्रिजिरेटरको ब्यवस्था पनि रहेको छ । यसले चलायामन नरहेको अवस्थामा स्वचालित रुपमा एपलाई फ्रिज गरी ब्याट्री बचतमा सघाव पु¥याउँछ । कम्पनीले नयाँ फोनमा भोक फ्ल्याशचार्ज ३.० प्रविधि उपलब्ध गराएको छ । भीएफसी फास्ट चार्जिङ अल्गोरिथमले प्रत्यक्ष रुपमा ट्रिक्लिङ चार्जिङको गति बढाएर मात्र ३० मिनेटको समयमा ५१% चार्ज गर्ने क्षमता राख्छ ।

फास्टर फिंगर प्रिन्ट अनलकिङ

Oppo Reno2 F fingerprint unlockरेनोटू एफमा ओपोले पछिल्लो संस्करणका तुलनमा अझ तिब्र हिडन फिंगरप्रिन्ट अनलक ३.० उपलब्ध गराएको छ । अनलक एरियाको प्रकास यस पटक पछिल्ला संस्करणका तुलनमा अझ चहकिला र स्क्रिन अन रहेको समयमा यसको अनलकिङ गति ११% सम्म तिब्र छ । यसका लागि कम्पनीले अप्टिकल फिंगरप्रिन्ट लेन्सका लागि थप उपयुक्त चहकिलो स्क्यानिङको प्रयोग गरेको छ ।

सीपीयू तथा सञ्चय

Oppo Reno2 F Memory

रेनोटू एफमा एमटीके हेलियो पी ७० सीपीयूका साथमा ८ जीबी ¥याम र १ सय २८ जीबी रोमको शक्तिशाली संयोजन दिइएको छ । एमटीके हेलियो पी ७० द्वारा संचारित र परिस्कृत २.१ जीएचजेड प्रशेसर टर्बो चार्जेज्ले उत्कृष्ट कार्यक्षमता प्रदर्शित गर्नुका साथै आरामदायी अनुभव र सटिक रेस्पोन्स प्रदान गर्छ ।

फोनका अन्य आकर्षक फिचर्सः
फोनमा प्रयोगकर्तालाई अझ उत्कृष्ट र परिस्कृत अनुभव दिने सोचका साथ लिंक बुष्ट, गेम बुष्ट २.०, डल्बि एट्मस, कलर ओ एस ६.०, ओपो सेयर लगायत विभिन्न आकर्षक र उपयोगी फिचर्स पनिउपलब्ध गरिएका छन् ।

विक्रि सम्बन्धि जानकारी
ओपोले नेपालमा रेनोटू एफलाई “लेक ग्रिन” र “स्काइ ह्वाइट” गरी दूई आकर्षक रंगमा सार्वजनिक गरेको छ । रु. ४६,९९० (मूल्य निर्धारण गरिएको रेनोटू एफ अक्टोबर १८ देखि नेपालभर रहेका प्रमुख विक्रि केन्द्र मार्फत उपलब्ध गरिएको छ ।


Share It On:

Leave a Reply

Your email address will not be published. Required fields are marked *