डायनामिक टेक्नोसफ्टको वीरगञ्जदेखि अन्तर्राष्ट्रिय बजारसम्मको छलाङ्ग, २ सय जनालाई रोजगारी

Dynamic Technosoft Birgunj

२४ चैत, काठमाण्डौं।

मोफसलबाट शुरु गरिएको कम्पनीले छोटो समयमा अन्तर्राष्ट्रिय बजारसम्मको छलाङ्ग मार्न सफल भएको छ। आफै उद्यमशीलता गर्ने हुटहुटी भएका दिपक साह र उनका साथि सचिन साहले वीरगञ्जबाट सुरु गरेको सफ्टवेयर निर्माण कम्पनी अहिले अन्तर्राष्ट्रिय बजारतर्फको यात्रामा अग्रसर भएको छ ।

सन २०१० मा साथिको घरमा कोठा भाडा लिएर डायनामिक टेक्नोसफ्ट प्राली सफ्टवेयर कम्पनीको सुरुवात भएको थियो । जागिर भन्दा आप्mनै केही गर्नु पर्छ भन्ने हुटहुटीले उनीहरुले जसोतसो गरी बर्गका बैंकबाट चर्काे व्याजमा ऋण लिइ व्यवसाय थालनी गरेका थिए । बीचमा उनीहरुकै साथी अर्जन साह पनि जोडिए । अहिले कम्पनीलाई तीन जना साहले हाँकी रहेका छन् ।

सफ्टवेयर डेभ्लोपर उद्यमी बन्ने रहर दिपकलाई आप्mनो बुवाबाट प्रेरित भइ जागेको थियो । करिब २५ वर्ष अघि वीरगञ्ज चिनी उद्योगमा साहका बुवा कम्प्यूटर अफरेटरको काम गर्थे । बुवालाई कम्प्यूटरमा बसेर काम गरेको देख्दा साहको मनमा कम्प्यूटर नै पढ्छु भन्ने चाँसो बाल्यकालमै आएको थियो । त्यही सपना पुरा गर्ने उद्देश्यमा साहले सफ्टवेयर पढे ।

बाल्यकालदेखि नै साहको मनमा आप्mनो व्यवसाय गर्नुपर्छ भन्ने हुटहुटी थियो । हजुर बुवाले व्यापार गरेको जो उनले देखेका थिए । हजुरबुवासँग व्यापार गर्न सिकेका साहले सफ्टवेयर पढेर उद्यमी बन्नुपर्छ भन्ने ठाने ।

त्यही हुटहुटीले साह अहिले सफ्टवेयर डेभलपर उद्यमी बनेका छन् । कामको सुरुवात गर्न सजिलो त पक्कै थिएन उनीहरुलाई । तर, बच्चादेखिकै मनमा चलेको हुटहुटले उनीहरुलाई कहीले मनमा निरास हुन दिएनन् । कम्पनीको सुरुवात गर्दा उनीहरु मात्र २० वर्ष उमेरका कलिला युवा थिए ।

उनीहरु नेपालको सफ्टवेयर क्षेत्रमा र आफ्नै ठाउँमा केही गर्ने अठोटसहित दाँया बायाँ कतै नलागेर रात दिन निरन्तर मेहनत गरे ।

वीरगञ्जबाट थालनी गरेको व्यवसाय अहिले देश, विदेशमा फैलाएका छन् । हाल नेपालका ६ ठाउँ तथा भारत, जापान लगायतका देशमा शाखा विस्तार गरेका छन् । मुख्य कार्यालय वीरगञ्जमा छ । काठमाडौँको बानेश्वरमा कर्पोरेट हाउस सञ्चालन गरेका छन् । यस्तै इटहरी, बुटवल, पोखरामा र जनकपुरमा कम्पनीको शाखा विस्तार गरेका छन् ।

सुरुवातमा उनीहरुलाई काम लिइन केही सकस भएता पनि अहिले भने उनीहरुलाई खासै समस्या छैन। अन्तर्राष्ट्रिय कम्पनीसँग प्रतिस्पर्धा गर्न सक्ने क्षमता बनाइकसेका छन् । बजारको मागअनुसार विभिन्न ब्राण्डका सफ्टवेयर ल्याएका छन्।

कम्पनीको आधा दर्जन आफ्नै ब्राण्डका सफ्टवेयरहरु बजारमा उपलब्ध छन् । ट्रेडिङ बिजनेश पनि सञ्चालनमा छ । डाइनामिक ग्रुपले वार्षिक १५ करोड रुपैयाँको कारोबार गर्छ भने २ सय बढीलाई रोजगारी दिएको छ ।

कम्पनीका सञ्चालक तथा सीईओ साह सुनाउँछन्,‘ कम्पनीलाई रातदिन खटेर अन्तर्राष्ट्रिय बजारसँग प्रतिस्पर्धा गर्न सक्ने बनाएका छौँ । सुरुवातमा काम गर्न सहज थिएन । विरगञ्जको गर्मीमा हामी खाना पानी निन्द्रा नभनी निरन्तर काममा खटिने गर्याैँ । अहिले १४ वर्षको कामको अनुभवले हामीलाई परिपक्क बनाइरहेको छ ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जुन सुकै कम्पनीसँग पनि हामी कामको गुणस्तर र सेवामा प्रतिस्पर्धा गर्न सक्छौँ । हाम्रो सफ्टवेयर ठूला व्यावसायिक घराना, उद्योग, हस्पिटल, विभिन्न व्यवसायी संघसस्था र स्कुलहरूले प्रयोग गरिरहेका छन् ।

हाम्रो सेवामा प्रयोगकर्ता सन्तुष्ट नै हुनुहुन्छ । आजसम्म हामीले दिने सेवा र गुणस्तर नराम्रो भयो भनेर गुनासो त्यस्तो आएको छैन् । विभिन्न संघसस्था र स्कुल कलेजहरू गरी अहिले कम्पनीसँग नियमति सेवाग्राही करिब दुई हजार बढी छन् ।

हाम्रो उद्देश्य सफ्टवेयर बनाएर बच्ने मात्र होइन । हामी सफ्टवेयरलाई गुणस्तर सेवा दिनुपर्छ भन्नेमा बढी केन्द्रित हुन्छौँ । हामी सफ्टवेयर प्रयोगकर्तालाई केन्द्र बिन्दुमा राखेर काम गर्छाैँ । त्यही कारण अहिले सेवामा अब्बल ठहरिरहेका छौँ ।’

साह अगाडी भन्छन्,‘ सेवामा अब्बल बनाउन इमानदार भएर निरन्तर मेहनत गरेमा मात्र सफलता हात पर्छ भन्नेमा हामी सचेत छौँ । काम गरे पछि पूर्ण जिम्मेवार र इमानदार भएर सेवा दिनुपर्छ भन्ने हाम्रो कम्पनीको मुल सिद्धान्त हो । जुन क्षेत्रमा पनि सुरुवातमा निक्कै कठिन हुन्छ । हामीलाई पनि नभएको होइन ।

हामीलाई सफ्टवेयर भनेर बुझाउन नै कठिन भएको थियो । ३०–४० रूपैयाँमा सीडीमा पाउने हो भनेर बुझेकाहरूलाई वर्षों मेहनत गरेर तयार पारेको इआरपी सफ्टवेयर प्रयोग गर्न लगाउनु निकै चुनौती भयो । बजारमा ईआरपी सफ्टवेयरको बारेमा बुझाउँदै बुझाउँदैनन् अहिले प्रतिष्ठित संस्थाहरूले विश्वास गरेर सफ्टेयरहरू प्रयोग गरेका छन् । पछिल्लो समय बजार सहज बन्दै गएको साह बताउँछन् ।

तर, सरकारले आईटी प्रविधि उद्योगलाई प्रोत्साहित गर्ने भनेता पनि स्वदेशी सफ्टवेयर उद्योगहरुलाई प्राथमिकतामा नदिएको गुनासो साहको छ ।

उनी भन्छन्,‘ नेपाली पनि अन्तर्राष्ट्रिय कम्पनीसँग प्रतिस्पर्धा गर्न सक्ने क्षमताका छन् । उनीहरु भन्दा राम्रो सेवा र गुणस्तर दिने इआरपी सफ्टवेयर कम्पनी नेपालमा धेरै छन् ।

सरकारी काम गर्न खोज्दा सरकारी निकायले नेपालको कम्पनीलाई खासै विश्वास नै गर्दैनन् । नेपालमै केही राम्रो काम गर्छु भनेर उद्योग सञ्चालन गर्दा नेपालीको काम र सेवा प्रति नेपाल सरकारले नै विश्वास नगर्ने प्रवृतिले राम्रो उद्योगहरु पनि निरोत्साहित भएका छन् ।

स्वदेशी उत्पादनलाई सरकारले प्राथामिकता दिएर प्रयोग गरे विदेशीने पैसा नेपालमै रहने साह बताउँछन् । सरकारी निकायका काम गर्ने जाँदा सरकारले अन्तर्राष्ट्रिय कम्पनीलाई पहिलो प्राथमिकता राख्ने गरेको साह बताउँछन् । नेपाली उद्योगलाई प्रोत्साहित गर्न राज्यले नेपाली उद्योगको उत्पादन प्रयोग गर्नुपर्ने उनी बताउँछन् ।

साहका अनुसार डाइनामिकका सफ्टवेयर दुगड ग्रुप, सिप्रदी, सालिमार ग्रुप, हुलास स्टिल, गोदावरी ग्रुप, , लगायत ठूला उद्योगले समेत प्रयोग गरिरहेका छन् । डाइनामिक एकेडेमिक इआरपी र यसको मोबाइल एप अहिले देशभरका एक हजारभन्दा बढि विद्यालयले प्रयोग गरिरहेका छन् ।

पछिल्लो आधुनिक समयमा सबै विशेषता र प्रयोग गरेर बनाएको यो सफ्टवेयर बजारका अन्य सफ्टवेयरभन्दा उत्कृष्ट रहेको दाबी साह गर्छन् ।

अन्तर्राष्ट्रिय बजारमा आप्mनो प्रोडक्ट विस्तार गर्नुपर्छ भनेर अझ जिम्मेवार भएर सेवा दिनुपर्ने कुरामा तल्लीन रहेको साह बताउँछन् । निरन्तर सफ्टवेयरमा अपग्रेड र उत्कृष्ट सेवातर्फ ध्यान दिदै आएको उनको भनाई छ ।

साह अगाडी भन्छन्,‘ डाइनामिकले अहिले चार वटा सफ्टवेयर प्रोडक्ट बजारमा ल्याएका छन् । स्कुल कलेज व्यवस्थापनको लागि डाइनामिक एकेडेमिक इआरपी, व्यवसायीक अफिस म्यानेजमेन्ड र विभिन्न संघसंस्थाको प्रयोगमा आउने डाइनामिक एकाउन्ट इआरपी, एचआर र पेरोल सफ्टवेयर, डाइनामिक एएमएस जस्ता सफ्टवेयर डेभलपमेण्ट गर्छ।

अब डाइनामिक ग्रुप अन्तर्गतका कम्पनीहरु लाई नेपाल भारतको बजारमा मात्र सिमित नराखेर अन्य मुलुकमा पनि विस्तार गर्दै जाने उनले बताए । तत्काल भुन्टान, बङलादेश लगायतका एशियाली मुलुकमा कम्पनीको शाखा विस्तार गर्ने योजना रहेको साहले जानकारी दिए ।

आफुमा काम गर्ने इच्छा शक्ती र इमान्दारीताका साथ महेनत गर्ने हो भने कामको खोजीमा युवाहरुले विदेश पलायन हुनुपर्ने अवस्था नभएको साह बताउँछन् । रातदिन खटिएर काम गर्ने हो भने सानो लगानीमा नै नेपालमा सफल उद्यमी बन्न सकिने साहको भनाइ छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here