दरवन्दी घटाएर कम्प्युटर इन्जिनियरमा थप गर्ने निर्णय गरेकोमा आपत्ती

Share It On:

हालसालै नेपाल सरकार ले नया दरवन्दी संरचना अन्तर्गत कम्प्युटर अधिकृत (सूचना प्रविधि) को दरवन्दी घटाएर कम्प्युटर इन्जिनियरमा थप गर्ने निर्णय गरेको सन्दर्भमा सूचना प्रविधि संग संवध संघ संस्था तथा विधार्थी हरुको गम्भीर ध्यानकार्षण भएको छ | यसै सन्दर्भमा यहि मिति २०७५/०३/०७ गते का दिन Computer Alumni Association, TU को संयोजकत्व मा विभिन्न विषय हरु अध्ययन गरेका बिधार्थीहरुका संगठन जस्तै BScCSIT, BIM, BCIS, BBIS, BIT, BEdICT लगायत बाट प्रतिनिधित्व हुने गरी एक संघर्ष समिति गठन गरी, नेपाल सरकार, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय लाई उक्त निर्णय सच्याउनका निमित्त विभिन्न कार्यक्रमहरुको घोषणा गरेको छ |

csit lecturer

उक्त दुवै पद हाल नेपाल सरकारको निजामती सेवा अन्तर्गत बिबिध सेवा मा रहेको र उक्त दुवै पदको कार्यविवरण समेत एकै रहेको तथा विभिन्न समयमा उक्त पदहरुमा आलोपालो कम्प्युटर इन्जिनियरको ठाउमा सूचना प्रविधि अधिकृत (कम्प्युटर अधिकृत) लाई समेत खटाई काम गराएको जनिर समेत छ | तसर्थ दुवै पदमा समान शैक्षिक योग्यता माग गर्नु पर्ने देखिन्छ | आखिर लोकसेवा आयोगले नै परिक्षाअ लिई भर्ना गर्ने हुँदा IT मा स्नातक गरेका कसैलाई पनि लोकसेवा दिनबाट बन्चित गरिनुहुदैन भनि हामी जोडदार माग गर्दछौ साथै छिटै आन्दोलनका कार्यक्रम समेत सार्बजनिक गर्ने छौ |


Share It On:

Leave a Reply

Your email address will not be published. Required fields are marked *