जनजागृति विद्यालयमा १ दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

Janajagriti School Free Health

२४ बैशाख, काठमाण्डौं।

बाल बिकास कार्यक्रम नेपाल (#CDPN) को आर्थिक सहयोग र फ्रन्टलाइन हस्पिटल (#FrontlineHospital), पुरानो बानेश्वर को प्राविधिक सहयोगमा २०८१ वैशाख २२ गते धादिङ जिल्ला थाक्रे गा.पा. वडा नं. ६ महादेववेसीमा रहेको जनजागृति विद्यालयमा १ दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भयो ।

उक्त स्वास्थ्य शिविरमा स्त्री रोग, बाल रोग, जनरल फिजिसियन, हाड जोर्नी तथा नशा सम्बन्धी उपचार, दन्त परीक्षण, आँखा परीक्षण, नाक, कान, घाँटी जस्ता विभिन्न रोगहरूको परीक्षण गरिएको थियो ।

बिहान १० बजे बाट ४ बजे सम्म संचालन भएको शिविरमा ६८० जना व्यक्तिहरूले सेवा प्राप्त गरे । स्वास्थ्य शिविरमा बढि मात्रामा स्त्री रोग, नाक, कान, घाँटी, नशा तथा आँखा सम्बन्धी समस्या भएका व्यक्तिहरूको बाक्लो उपस्थिति रहेको थियो।

स्त्री रोग सम्बन्धी समस्या भएकाहरूलाई video X-ray सहित चेक जाँच गरिएको थियो भने चेक जाँच पछि आवश्यक परेका सबै बिरामीहरूका लागि निःशुल्क औषधी समेत संस्थाद्वारा उपलब्ध गराए।

यसरी १ दिने स्वास्थ्य शिविरमा बिरामीहरूको उल्लेख्य उपस्थिती देखेर फ्रन्टलाइन हस्पिटलको सम्पूर्ण team हरू उत्साहपुर्वक सेवा दिनुका साथै सेवा दिन पाएकोमा खुसी भएको जानकारी डाक्टरहरूले बताए।

उक्त क्षेत्रमा बाल बिकास कार्यक्रम नेपालले विगत लामो समय देखि आफ्नो कार्यक्रम संचालन गर्दै आइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here