१ जेठ, काठमाडौं।
connectIPS को Refer a Friend’ अफर अन्तर्गत connectIPS का प्रयोगकर्ताहरुले आफ्ना साथी, परिवार तथा आफन्तजनहरुलाई connectIPS मा रजिष्टर हुन Refer गर्न सक्नेछन् ।
उक्त अफर अन्तर्गत २०८०, जेष्ठ १ गते देखि असार ३१ गतेसम्म Referrer ले रु. २५ आफ्नो बैंक खतामा र ‘Referee’ ले रु. २५ को मोबाईल टप–अप प्राप्त गर्न सक्नेछन् ।
अफरको फाइदा लिन Referee ले आफ्ना साथी तथा आफन्तजनहरुलाई आफ्नो Referee Code दिनुपर्ने हुन्छ।Referee ले भने connectIPS नयाँ यूजर रजिष्टर गर्दा उक्त Referral Code दाखिला गरी एक पटक आफ्नो मोबाईल नम्बर र ईमेल आईडी भेरीफाई गरे पश्चात Referral ले रु. २५ आफ्नो बैंक खतामा र Referee ले रु. २५ को मोबाईल टप–अप प्राप्त गर्नेछ ।
Referee ले आफ्नो Referral Code सँगै लिन्क पनि शेयर गर्न सक्नेछ र Referee ले उक्त लिंक क्लिक गरी www.connectips.com वा मोबाइल एप मार्फत नयाँ यूजर बनाउन सक्नेछ ।
connectIPS बैंकका ग्राहकहरुका लागि एकै प्ल्याट्फर्म मार्फत एक भन्दा बढी खाता लिन्क गरी फण्ड ट्रान्स्फर लगायत विभिन्न भुक्तानीहरु गर्नका निम्ती एक सजिलो माध्यम हो ।
connectIPS को वेब मार्फत प्रति कारोबार रु २० लाख सम्म र यसको मोबाइल एप मार्फत प्रति कारोबार २ लाख सम्मको भुक्तानी गर्न सकिन्छ ।
यस मार्फत मोबाइल रिचार्ज, बिजुलीको बिल, टेलिफोनको बिल, इन्टरनेटको बिल, स्कुल फी, हायर पर्चेज, सरकारी राजस्व, लोकसेवा, ट्राफिक फाइन, शेयर कारोबार, NEPALPAY QR लगायतका थुप्रै प्रकारका भुक्तानीहरु गर्न सकिन्छ।
connectIPS मार्फत चालु आर्थिक वर्षको चैत्र मसान्त सम्म ५२ सदस्य बैंक वित्तीय संस्था मार्फत रु. २,८५० अर्ब बराबरको ३ करोड ६० लाख भन्दा बढी भुक्तानी कारोबार फछर््यौट भइसकेको छ ।