CAN Federation Launches National Response Team

सूचना प्रविधि क्षेत्रको विकाससँगै विकृती पनि विकरालरुपमा देखिन थालेका छन । साइवर ह्याकिङ लगायतका समस्याले आम विश्व समुदायको टाउको दुखाईरहेको छ । नेपालमा पनि विभिन्न संघ संस्थाहरुको वेबसाइट ह्याक हुने समस्याहरु तिव्रदरमा भैरहेका छन । यसका साथै सोसियल मिडियाको चरम दुरुपयोगले नेपाली समुदायमा विकराल रुप लिन थालेका छ ।

यी र यस्तै समस्याहरुलाई मध्यनजर गर्दै क्यान महासंघले Nepal CERT टिप स्थापना गरेको छ । यो टिममा आइटी क्षेत्रका विभिन्न विषयविज्ञहरुको संलग्न हुनुका साथै समस्या समाधानका लागि आवश्यक आधारभूत पूर्वाधारहरु समेत व्यवस्था गरिएको छ । कुनै व्यक्ति तथा संघ संस्थामा साइवर सेक्यूरिटी लगायतका समस्या आए  Nepal CERT टिमलाई खवर गर्नु भएमा चाडो भन्दा चाडो समस्या समाधानको पहल गर्ने छौ । यो सेवा क्यान महासंघ जिल्ला शाखाहरुबाट समेत उपलब्ध हुनेछ ।

कार्यक्रममा प्रविधि क्षेत्रमा कार्यरत नेपालभर संघसंस्थाहरुको संक्षिप्त जानकारी समेटिएको आइटी डाइरेक्ट्री पनि विमोचन गरिएको छ ।

For more details: nepalcert.org.np