ब्राजिलमा ह्वाट्स एपमा प्रतिबन्ध लगाइयो

ब्राजिलमा ह्वाट्स एपलाई प्रतिबन्ध गरिएको अन्तर्राष्ट्रिय समाचार माध्यमले जनाएका छन्। यसलाई ७२ घण्टाको लागि प्रतिबन्ध गरिएको हो। ह्वाट्स एपले ल्याएको एण्ड टु एण्ड एनक्रिप्शन फिचरका कारण यस एपलाई प्रतिबन्ध लगाइएको छ।ह्वाट्स एपले भने एण्ड टु एण्ड एनक्रिप्शन फिचरका कारण एनक्रिप्टेड म्यासेज पढ्न नसकिने जनाएको छ।

ब्राजिलमा ड्रग मामिलामा ह्वाट्स एपले डाटा दिन नमानेपछि उक्त प्रतिबन्ध अस्थायी रुपमा लगाइएको हो। ब्राजिलमा ह्वाट्स एपका १० करोड सक्रिय प्रयोगकर्ता छन्। अघिल्लो वर्ष पनि एपमा ४८ घण्टा प्रतिबन्ध लगाइएको थियो। तर पछि १२ घण्टामै उक्त प्रतिबन्ध हटाइएको समाचार माध्यमले जनाएका छन्।