कर्जा सूचना केन्द्र भनेको के हो ?

१७ फागुन २०७९, काठमाडौं । 

बैंक तथा वित्तीय संस्थाहरुले आफ्नो कुनै पनि ग्राहक (व्यक्ति, फर्म, कम्पनी वा संस्था) ले विभिन्न बैंक तथा वित्तीय संस्थाहरुबाट लिएको कर्जा तथा सोको अवस्थाको बारेमा कम्पनी ऐन बमोजिम स्थापित कर्जा सूचना केन्द्रबाट लिने विवरण नै कर्जा सूचना हो ।

बैंक तथा वित्तीय संस्थाहरुमा कर्जा प्रवाहका सम्बन्धमा प्राप्त भएका सुचनाहरु बैंक तथा वित्तिय संस्थाहरुमा आदान प्रदान गर्न ऐनबमोजिम लिमिटेड कम्पनीको रुपमा २०४५ सालमा स्थापित कम्पनी कर्जा सूचना केन्द्र लिमिटेड हो ।

नेपाल राष्ट्र बैंकले उक्त लिमिटेडलाई कर्जा सूचना केन्द्रको काम गर्ने गरी तोकेको छ । उक्त केन्द्रलाई बैंक तथा वित्तिय संस्थाहरुले कर्जा प्रवाहका सम्बन्धमा सूचना उपलब्ध गराउनुपर्छ ।

कर्जा सूचना केन्द्रले प्राप्त भएका सूचनाहरु बैंक तथा वित्तिय संस्थाहरुमा आदान प्रदान गर्ने कार्य गर्छ । यो केन्द्रले बैंक तथा वित्तिय संस्थाको सिफारिस बमोजिम कुनै ऋणीलाई कालो सूचिमा राख्ने सूचना प्रकाशित गर्छ ।

कर्जा सूचना केन्द्रले कालो सूचीमा राखेपछि आगामी दिनमा कुनै पनि बैंक तथा वित्तीय संस्थाबाट पाइने सेवा सुविधामा बन्देज हुन सक्छ । यसबाट कुनै एउटा बैंक वा वित्तीय संस्थाको ऋण रकम नतिरी कालोसूचीमा परेको व्यक्तिले अर्को बैंक तथा वित्तीय संस्थाबाट पुनःकर्जा पाउन सक्दैन।

तर कर्जा सूचना केन्द्र आफैंले कालो सूची तयार गर्ने वा कुनै ऋणीलाई कालो सूचीमा राख्ने कार्य गर्दैन ।

#financialliteracy #creditinformationcenter #creditinformation

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here