विद्युतीय कारोबारबाट हुने ठगीबाट कसरी जोगिने ?

१३ फागुन २०७९, काठमाडौं ।

पछिल्लो समयमा नेपालको ब्याङ्किङ प्रणाली डिजिटल माध्यमतर्फ रूपान्तरण भएको छ । विद्युतीय कारोबारमा आकर्षण बढेसँगै प्रविधिको प्रयोग गरी हुने ठगीका घटनाहरु पनि बढेको छ ।

ग्राहकहरुालई आपराधिक समूहले ठगी गरेको धेरै उजुरी परेको भन्दै अपरचित व्यक्तिहरुबाट सजग रहन राष्ट्र बैंक लगायत निकायहरुले आग्रह गर्दै आएका छन् ।

प्रविधिको पहुँच बढ्दै गएको भए पनि ब्याङ्किङ कारोबार अनि गोपनीयता जस्ता विषयबारे धेरै सर्वसाधारण जानकार नहुँदा ठगी गर्नेहरूको सङ्ख्या व्यापक बढेको पाईन्छ।

चिट्ठा परेको भन्दै सर्वसाधारणहरूको गोप्य विवरणहरू प्राप्त गर्ने र त्यसको दुरुपयोग गर्दै सम्बन्धित व्यक्तिको खाताबाट रकम हिनामिना गर्ने घटनाहरू धेरै भएका छन् ।

कसरी जोगिने?

मोबाइल नम्बरमा प्राप्त हुने ओटीपी नम्बर तेस्रो व्यक्तिलाई भन्नुहुँदैन ।

पैसासँग जोडिएको कारोबार अरूसँग संवाद गर्नुहुँदैन ।

मोवाईलमा पासवर्डहरु सेभ गरेर राख्नु हुदैन।

हामीले प्रयोग गर्ने अकाउन्टहरुको पासवर्ड एउटै राख्नु हुदैन।

मानिसहरुले सजिलै थाहा पाउने खालका पासवर्ड राख्नु हुदैन।

अकाउन्ट लगआउट गर्नुपर्छ ।

फ्रि वाईफाइको प्रयोग गरी आर्थिक कारोवार गर्नुहुदैन।

मोवाईल हराएमा बैंकमा गएर एकाउन्ट बन्द गर्नुपर्छ। 

ठगी भएको थाहा पाउने वित्तिकै बैंकलाई खबर गर्नुपर्छ । 

मोबाइल नम्बरमा प्राप्त हुने ओटीपी नम्बर तेस्रो व्यक्तिलाई नभन्ने । अपरिचित व्यक्तिलाई कुनै पनि माध्यमबाट आफ्नो गोप्य पासवर्ड, ओटिपी वा अन्य कुनै पनि संवेदनशील जानकारी दिनुहुँदैन । मोबाइल तथा अन्य डिभाइस एवम् एपका पासवर्डहरू बेला बेलामा परिवर्तन गर्नुपर्दछ । यस्ता पासवर्ड गोप्य तरिकाले सुरक्षित राख्नुपर्दछ ।

पासवर्ड सजिलो नराख्ने । साधारतया हामीहरु आफ्नो नाम,थर राख्ने गर्छौं। यस्तो पासवर्ड ठगहरुले सजिलै पत्ता लगाउन सक्ने भएकोले कठिन पासवर्ड राख्ने । ओटीपी बाहेक उपहारको प्रलोभनमा खाता नम्बर, नागरिकता नम्बर, जन्ममिति, राहदानी नम्बर वा सवारी चालक अनुमतिपत्रको नम्बर जस्ता विवरण अरूलाई उपलब्ध गराउनु हुँदैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here