हेटौंडामा ICON Soft क्यान इन्फोटेक एवम् सूचना प्रविधि मेला हुने

iconsoft can infotech

१८ फागुन २०७९, काठमाडौं।

हेटौंडामा क्यान इन्फोटेक एवम् सूचना प्रविधि मेला चैत २ गते देखि सुरु हुनेछ।

हेटौंडामा रोबार्ट र पब्जी प्रतियोगिताको हुने भएको छ । कम्प्युटर एसोसिएसन नेपाल महासंघ मकवानपुर शाखा र बागमती प्रदेशको आयोजनामा हेटौंडामा सूचना प्रविधी मेलामा रोबर्ट र पब्जी प्रतियोगिता हुन लागेको हो ।

प्रतियोगितामा राष्ट्रियस्तरका खेलाडीहरुको सहभागिता हुने पत्रकार सम्मेलन मार्फत मेलाका संयोजक तथा बागमती प्रदेश अध्यक्ष पुस्प पुडासैनीले बताउनु भयो ।

रोबार्ट र पब्जी दुवैतर्फ प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः २५, १५ र १० हजार रुपैयाँ प्रदान गरिने छ ।

पाँच दिन सम्म हुने सूचना प्रविधि मेला कम्प्युटर एसोसिएसन नेपाल महासंघ मकवानपुर शाखा र बागमती प्रदेशको आयोजनामा हेटौंडामा सूचना–प्रविधि (क्यान इन्फोटेक) मेला हुने भएको हो ।

चैत २ गतेदेखि ६ गतेसम्म हेटौंडा–४ स्थित रोयल पार्टी प्यालेसमा मेला आयोजना हुन लागेको हो ।

मेलामा कम्प्युटर तथा यसका हार्डवेयर, प्रिन्टर, सफ्टवेयर, सर्भिसिङ क्याम्प, एप्लिेकेशन डिभाइस, वीमासम्बन्धी प्रदर्शनी तथा विक्री स्टल रहने जनाएको छ ।

मेलामा कुल ४० वटा स्टल रहने छ । कृषिमा डिजिटलाइजेसनको प्रयोग, नेटवर्किङ र सीसी टिभी तालिम हुने जनाएको छ।

यस्तै शिक्षक, विद्यार्थी तथा युवालक्षित साइवर सुरक्षाजस्ता ३ वटा आइसिटी सेमिनारसमेत सञ्चालन हुने जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here