टीभीएसले ल्यायो ‘टिभिएस मेरो साथी’ नयाँ वर्षको अफर

TVS Mero Sathi New Year Offer

१ बैशाख, काठमाण्डौं। 

TVS ले नयाँ वर्षको अवसर पारि ‘TVS मेरो साथी’ स्किम सार्वजनिक गरेको छ । TVS मेरो साथी’ स्किम अन्तर्गत TVS को बाइक तथा स्कुटर खरिद गर्दा लाइफटाइम वारेन्टीको व्यवस्था रहेको छ।

ब्राण्डले पछिल्लो समय बाइक र स्कुटरमा एडभान्स्ड फिचरहरु राख्दै प्रयोगकर्ताहरु माँझ निकै ठूलो प्रभाव पार्न सफल बनेको कम्पनीको दाबी छ । स्मार्ट कनेक्ट रेस ट्युन्ड फ्युल इन्जेक्सन, विभिन्न राइड मोडस् र भोइस कमान्ड जस्ता फिचरलाई राखेर आफ्ना साधनलाई थप आकर्षक, उपयोगी र युजर फ्रेन्डली बनाउँदै सबैको मन जित्न सफल TVS, बजारको लिडिङ टेक्नोलोजी फोकस्ड ब्राण्ड हो ।

‘TVS मेरो साथी’ स्किम अन्तर्गत हरेक हप्ता १००% क्यास ब्याक, sure shot क्यास डिस्काउन्ट, र एक्सचेन्ज गर्दा बजार मूल्य भन्दा थप मुल्यांकन, बजारकै सबै भन्दा कम EMI तथा सजिलो फाइन्यान्स सुबिधा जस्ता आकर्षक अफरहरु उपलब्ध गराउने कम्पनीले जनाएको छ । यो अफर चैत्र ३०, २०८० बाट सुरु भई सिमित अवधिको लागि देशैभर लागु हुनेछ ।जगदम्बा मोटर्स, नेपालमा टीभीएसका दुई पाँड्ने सवारी साधनको एक मात्र आधिकारिक वितरक हो ।

देशभर १४० भन्दा बढी डिलरहरुको बलियो सञ्जालका कारण टीभीएसले बजारमा आफ्नो मजबुत पकड बनाउन र ग्राहकहरूलाई सन्तुष्ट बनाउन सफल भएको छ । गुणस्तरीय उत्पादन, नवीन टेक्नोलोजीको प्रयोग, बिक्री पश्चातको उत्कृष्ट सेवा र देशभर जगेडा पार्टपुर्जाहरुको उपलब्धताका कारणनै टिभिएस आज नेपालको सर्वाधिक रुचाइएको टु–ह्विलर ब्राण्डका रुपमा स्थापित हुन पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here