कोरोना संक्रमण महामारी नियन्त्रण तथा रोकथामका निम्ति सुचना प्रविधिको अधिकतम प्रयोग गर्न आग्रह

CAN FEDERATION
Share It On:

६ जेठ, २०७८ काठमाडौं ।

नेपालमा कोरोना संक्रमणको महामारी र यसको संक्रमण दर तिब्ररुपमा वढिरहेको सन्दर्भमा हाल देशका ७० जिल्लामा पूर्ण र ४ जिल्लामा आंशिक निषेधाज्ञा रहेकोमा यसको कार्यान्वयनको प्रभावकारीता र अस्पताल र स्वास्थ्य प्रणालीको प्रभावकारी व्यवस्थापनमा देखिएका समस्या तर्फ क्यान महासंघको ध्यानाकर्षण भएको छ । साथै अस्पताल र स्वास्थ्य प्रणालीको प्रभावकारी व्यवस्थापनका निम्ति सुचना प्रविधिको अधिकतम प्रयोगका निम्ति क्यान महासंघ नेपाल सरकार र सम्बन्धित निकायहरुसंग देहाय बमोजिम अनुरोध गर्दछ ।

  • हाल, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यकामा रहेका कोरोना उपचार गर्ने अस्पतालहरूको बेड संख्या (आइसोलेशन बेड, आईसीयू बेड तथा भेन्टिलेटरको क्षमता तथा भर्ना भएका बिरामीको संख्या समेत) हरेक दिन सार्वजनिक गर्ने गरेको तर विरामीहरु अस्पताल पुग्दा मन्त्रालयले जारी गरेको सुचना अनुसार नभेटिएकोमा, सुचना प्रविधिको प्रभावकारी प्रयोग मार्फत यस्ता सुचनाहरुलाई वास्तविक समयमा (real-time) आधारित बनाउन सकिनेतर्फ क्यान महासंघ अनुरोध गर्न चाहन्छ । हाल संचालनमा रहेको स्वास्थ्य व्यवस्थापन सूचना प्रणाली (Health Management Information System – HMIS) मा सुचना दैनिक अद्यावधिक गर्ने ब्यवस्थालाई परिवर्तन गरि कम्तिमा प्रत्येक घण्टा अद्यावधिक गर्ने र सोहि बमोजिमको वास्तविक सुचनालाई वास्तविक समयमा सेवाग्राहीलाई दिन सकिने बनाउनका निम्ति प्रशासनिक र प्राविधिक ब्यबस्थापनका निम्ति नेपाल सरकार तथा सम्बन्धित सरोकारवाहरुलाई क्यान महासंघ ध्यानाकर्षण गराउन चाहन्छ । आजका दिनमा धेरै क्षेत्र ‘डिजिटलाइज्ड’ भैसकेको, वास्तविक समयका – वास्तविक सुचनामा आधारित रहेर नेपालमा पनि शेयर बजार लगायतका क्षेत्रवाट सरोवारकालाहरुले फाइदा लिइरहेको अवस्थामा, स्वास्थ्य क्षेत्र अछुतो रहनु सुखद कुरा पक्कै पनि होइन ।

यसको निमित्त आवश्यक प्राविधिक सहयोगका निम्ति क्यान महासंघ सदैव तयार रहेको साथै सुचना प्रविधिको प्रयोग र विस्तारको प्रथम प्राथमिकता, जिवन बचाउनका निम्ति हुनुपर्दछ र करिव १९ महिना अगाडी नेपाल सरकार, मन्त्रिपरिषदबाट पारित भएको ‘डिजिटल नेपाल फ्रेमवर्क – २०७६’ को कार्यान्वयन सोहि अनुसार हुनुपर्दछ भन्ने क्यान महासंघको धारणा रहेको पनि यसै विज्ञप्ति मार्फत अनुरोध गर्न चाहन्छौं ।

  • नेपाल सरकारसंग बारम्बार अनुरोध गर्दा पनि सुचना तथा संचार प्रविधि क्षेत्र अत्यावश्यक सेवामा पर्न नसकेको बिषयमा समेत क्यान महासंघको गंभिर ध्यानार्कषण भएको छ । दुरसंचार अत्यावश्यक सेवामा रहेको तर कम्प्यूटरजन्य सामानहरु बिक्री बितरण तथा मर्मत बन्द रहेको, ‘होम स्कुलिङ्ग’ संचालनमा रहेको तर त्यसलाई आवश्यक हुने कम्प्यूटर तथा मोवाइलका बिक्री बितरण तथा मर्मत सेवा बन्द रहेको कारण आगामी दिनमा निषेधाज्ञाको प्रभावकारी कार्यान्वयनमा कठिनाई हुन सक्ने तर्फ पनि क्यान महासंघ ध्यानार्कषण गराउन चाहन्छ ।

निषेधाज्ञाको प्रभावकारी कार्यान्वयनका लागी मानिसहरुको आबत-जावतलाई कम गराउनका निमित्त औषधि, खाद्यवस्तु लगायतका अन्य अत्यावश्यक बस्तु किनमेलका निमित्त घर वाहिर निस्कनु भन्दा अनलाईन किनमेल गरी घर दैलोमा सरसमानहरुको होम डेलिभरी गराउनु उचित हुने हुंदा सोका निमित्त आवश्यक प्रवन्धका निमित्त पनि क्यान महासंघ नेपाल सरकारसंग अनुरोध गर्दछ । भारत, चीन लगाएत अन्य देशमा समेत निषेधाज्ञाका समयमा होम डेलिभरी सेवालाई अनुमति दिएका कारण निषेधाज्ञाको प्रभावकारी कार्यान्वयन हुन सकेको कुरा स्मरण गराउंदै अनलाईन किनमेललाई बढावाका निमित्त समेत होम डेलिभरी सेवा (इकमर्स)लाई डाँक सेवा सरहको मान्यता दिएर निर्वाध रुपमा संचालन गराउन क्यान महासंघ नेपाल सरकारसंग अनुरोध गर्दछ ।

  • हाल सरकारले संचालन गर्न दिएको समयमा संचालित औषधि, खाद्यवस्तु, दुध लगायतका पसलहरुमा अनिवार्य रुपमा इ-बैकिङ्ग मार्फत भुक्तानी लिने व्यवस्था गरेर नगद कारोवारलाई निरुत्साहित्त गर्न समेत संबन्धित सरोकारवालाहरुलाई क्यान महासंघ हार्दिक अनुरोध गर्दछ ।

Share It On:

Leave a Reply

Your email address will not be published. Required fields are marked *