चन्द्रागिरि ८ मा रहेको आइसोलेसन केन्द्रको लागी क्लासिक टेकको निःशुल्क इन्टरनेट सेवा

Classic Tech Main Logo

६ जेठ, २०७८ काठमाडौं ।

नेपालको अग्रणी र ठूलो नेटवर्क सेवा प्रदायक कम्पनी क्लासिक टेकले संस्थागत सामाजिक भूमिका निभाउँदै नगर स्तरिय आइसोलेसनको निम्ति निशुल्क इन्टरनेट सेवा उपलब्ध गराएको छ ।

हालको विषम परिस्थिति तथा कोरोना भाइरस महामारी विरुद्ध लड्न चन्द्रागिरि नगरपालिकाको नगर स्तरीय वडा ८ मा निर्मित आइसोलेसन केन्द्रको लागि सामाजिक अभियन्ता उत्तम कार्की तथा चन्द्रागिरि ८ का वडा अध्यक्ष सन्तोस खड्काको अभियानमा साथ दिन तथा सहयोगको रुपमा क्लासिकटेक प्रालिले प्रशासनिक, बिरामी तथा परिवारजनको निम्ति निशुल्क इन्टरनेट सेवा उपलब्ध गराएको छ ।

नगर स्तरिय आइसोलेसन वडा नम्बर ८ मातातिर्थमा अवस्थित नवनिर्मित सामुदायिक अस्पताल भवनमा हाल ३० वेडको अक्सिजन सहित सेवा प्रवाह गरिएको छ ।

सो स्थानमा कोरोना संक्रमितहरुको सुबिधाको लागि क्लासिक टेकले निरन्तर इन्टरनेट सेवा उपलब्ध गराएको हो ।
क्लासिक टेकले संस्थागत सामाजिक भूमिका पहिलेदेखि निभाउँदै आईरहेको छ भने यसपटक आइसोलेसन केन्द्रमा इन्टरनेट प्रदान गरेको छ ।

सो आइसोलेसन केन्द्रका लागि कम्पनीले कर्पोरेट तहको उच्च गतिको ईन्टरनेट सेवा उपलब्ध गराएको छ जहाँ एकैपटकमा १०० जना सम्मले सजिलै इन्टरनेट सेवा उपयोग गर्न सक्नेछन् ।

आइसोलेसनमा रहेका संक्रमितहरुलाई घर परिवारसंग अनलाइनमा कुराकानी गर्न अवसर मिल्ने र कुरुवाहरुलाई समेत सहज बनाउने उद्धेश्यले क्लासिक टेकले आइसोलेसन केन्द्रमा इन्टरनेट जडान गरेको हो।

सो केन्द्रमा कार्यरत डाक्टर, नर्स र सम्पूर्ण कर्मचारीहरुले क्लासिक टेकले निशुल्क इन्टरनेट सेवा उपलब्ध गराएसँगै काम गर्न सहजता भएको र संक्रमितहरुलाई समय बिताउन सजिलो भएको बताएका छन् ।

कम्पनीले आगामी दिनहरुमा पनि आफ्नो सामाजिक संस्थागत जिम्मेबारीअन्तरगत विभिन्न कार्यहरु गरिरहेन प्रतिबद्धता जाहेर गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here