प्रभु बैंकद्वारा काभ्रेको HRDC लाई ७.५० लाख आर्थिक सहयोग | शारीरिक अशक्त बालबालिकाको उपचारमा खर्च हुने
१५ वैशाख, काठमाडौं।
प्रभु बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत बनेपा, काभ्रेस्थित हस्पिटल एण्ड रिह्याबिलिटेसन सेन्टर (HRDC) लाई रु ७ लाख ५० हजार आर्थिक सहयोग प्रदान गरेको छ।
बैंकका मार्केटिङ्ग म्यानेजर सबिन सम्शेर राणाले हस्तान्तरण गर्नुभएको उक्त रकम लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका शारीरिक रूपमा अशक्त तथा विपन्न बालबालिकाहरूको शल्यक्रिया, फिजियोथेरापी र पुनर्स्थापनाका लागि प्रयोग गरिनेछ।
३०० शाखा मार्फत गुणस्तरीय बैंकिङ सेवा दिँदै आएको प्रभु बैंकको यो कदमले असहाय बालबालिकाको स्वास्थ्य उपचारमा ठूलो टेवा पुग्ने विश्वास गरिएको छ।
उक्त रकम लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न क्षेत्रहरुमा बसोबस गर्ने शारीरिक रुपमा अशक्त तथा विपत्र बालबालिकाहरुको पहिचान, उपचार, शल्यक्रिया, फिजियोथेरापी, सहायक सामग्री वितरण तथा पुनर्स्थापना सम्बन्धी विभिन्न कार्यक्रमहरु सञ्चालन गर्न एचआरडीसीलाई सहयोग पुग्ने छ ।
एक कार्यक्रमका बिच प्रभु बैंक लिमिटेडका तर्फबाट मार्केटिङ्ग म्यानेजर सबिन सम्शेर राणाले एचआरडीसीका प्रमुख प्रशासन अधिकृत प्रकाश कुमार यादवलाई चेक हस्तान्तरण गरिएको हो ।
प्रभु बैंक लिमिटेडका नेपालभर ३०० शाखा कार्यालयहरु, २६१ एटीएमहरु साथै ६६ एक्सटेन्सन काउन्टरहरु मार्फत करिब ३६ लाख भन्दा बढि ग्राहकवर्गहरुलाई ‘बिश्वास लिन्छौं, विश्वास दिन्छौं’ भन्ने मूल नाराका साथ गुणस्तरीय बैंकिङ सेवा प्रदान गरिरहेकोे छ ।
For more: Prabhu Bank HRDC Support Kathmandu


