नेपालमा किंग लङ्गको नयाँ १६ सिटर इलेक्ट्रिक भ्यान सार्वजनिक; सुरुवाती मूल्य ७२ लाख ५० हजार
१४ वैशाख, काठमाडौं।
सीजी मोटर्सले नेपालमा अत्याधुनिक ७५.४१ kWh ब्लेड ब्याट्री र १२० kW मोटरसहितको किंग लङ्ग १६ सिटर इलेक्ट्रिक भ्यान सार्वजनिक गरेको छ। ७२ लाख ५० हजार सुरुवाती मूल्य तोकिएको यस इको-फ्रेन्डली भ्यानले व्यावसायिक यातायातमा नयाँ मापदण्ड सेट गर्नेछ।
यस नयाँ मोडेलले नेपालको व्यवसायिक विद्युतीय सवारी क्षेत्रमा नयाँ मापदण्ड स्थापित गर्ने अपेक्षा गरिएको छ। लन्च कार्यक्रमका प्रमुख अतिथि वडा नं. ३ का वडा अध्यक्ष प्रेम थापाले रिबन काटेर कार्यक्रमको औपचारिक उद्घाटन गरेका थिए।
यस १६ सिटर भ्यानको मुख्य विशेषता यसको ७५.४१ केडब्लुएच ब्लेड ब्याट्री हो, जुन यस सेग्मेन्टमै पहिलो हो। यो ब्याट्रीले उच्च सुरक्षा, लामो आयु र उत्कृष्ट रेंज प्रदान गर्दै दैनिक सञ्चालनलाई अझ विश्वसनीय बनाउँछ।
यससँगै १२० किलोवाटको शक्तिशाली मोटरले सशक्त परफर्मेन्स सुनिश्चित गर्छ भने आरामदायी र फराकिलो इन्टेरियरले यात्रुहरूको यात्रा अनुभवलाई अझ सहज र सुखद बनाउँछ।
किङलङ सन् १९८८ मा चीनको सियामेनमा स्थापना भएको बस तथा कमर्शियल भेहिकल निर्माता कम्पनी हो। तीन दशकभन्दा लामो अनुभवसहित कम्पनीले बस, कोच र कमर्शियल भ्यान निर्माणमा विश्व बजारमा आफ्नो उपस्थिति बलियो बनाउँदै आएको छ।
सीजी मोटर्सका अनुसार यो सवारी नेपालमा बढ्दो इको–फ्रेन्डली, सुरक्षित, उच्च क्षमता र किफायती यातायात समाधानको आवश्यकतालाई ध्यानमा राखेर ल्याइएको हो।
नेपालभर किंग लङ्गले हालसम्म ५,०००+ युनिट बिक्री, २६०+ चार्जिङ स्टेशन, २०+ सर्भिस स्टेशन र १४ डिलर नेटवर्कमार्फत ग्राहकहरूलाई सेवा दिँदै आएको छ।
नयाँ किंग लङ्ग १६ सिटर ७२ लाख ५० हजार रुपैयाँ प्रारम्भिक मूल्यमा उपलब्ध छ। जसले यातायात व्यवसायी र फ्लीट अपरेटरहरूका लागि आकर्षक विकल्प प्रस्तुत गर्ने कम्पनीले जनाएको छ।
For more: New King Long 16 Seater launched


