अब एनसेलको नयाँ नम्बर ९७० बाट सुरू हुने

Now Ncell mobile number start from 970

१५  वैशाख, काठमाडौँ।  

निजी क्षेत्रको दूरसञ्चार कम्पनी एनसेल आजियटाले अब प्रयोगकर्तालाई ९७० रेन्जबाट मोबाइल नम्बर उपलब्ध गराउने भएको छ ।

एनसेलले बिहीबार एक सूचना जारी गर्दै ९८० रेन्जमार्फत नम्बर उपलब्ध गराउँदै आएको सिमकार्ड सकिएकोले ९७० बाट नयाँ नम्बर उपलब्ध गराउन लागेकाे हाे ।

उक्त सूचनामा भनिएको छ, “यस एनसेल आजियाटा लिमिटेडले आफ्ना ग्राहकहरूको सुविधाका लागि नेपाल दूरसञ्चार प्राधिकरणद्धारा मिति २०७९/१२/६ मा स्वीकृति प्रदान गरिएको पत्र अनुसार ९७०xxxxxxx देखि सुरू हुने नयाँ मोबाइल नम्बर सुचारू गर्न लागेको कुरा सहर्ष जानकारी गराउँदछौं ।’  यस नम्बरका साथ आगामी दिनहरूमा हामी हाम्रा ग्राहकहरूलाई थप सुविधा र अझै विस्तारित सेवा प्रदान गर्नेछौं ।”

एनसेलले दूरसञ्चारको नियामक नेपाल दूरसञ्चार प्राधिकरणबाट २०७० चैत ६ मा नयाँ नम्बरिङ रेञ्जका लागि स्वीकृति पाइसकेको  र सोही अनुरुप अब ९७० बाट सुरु हुने मोबाइल नम्बर वितरण गर्न कम्पनीले जनाएको छ ।

प्राधिकरणका अनुसार एनसेलले करिब तीन करोड सिम वितरण गरिसकेको छ। तीन करोड सिमको लागि प्राधिकरणले एनसेललाई ९८०, ९८१ र ९८२ रेन्ज प्रदान गरेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here