१० असार, काठमाडौं।
एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाले नेपाल इन्फ्रान्ट्रक्चर बैंकको १ लाख ८ हजार कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ, जसमा संस्थापक सेयरधनीहरूले मात्र आवेदन दिन पाउनेछन्। ३५ दिनभित्र आवेदन नपरेमा अन्य व्यक्ति वा संस्थाहरूलाई सेयर आवेदन खुला गरिनेछ।
एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको स्वामित्वमा रहेको नेपाल इन्फ्रान्ट्रक्चर बैंक लिमिटेडको एक लाख आठ हजार कित्ता संस्थापक शेयर बिक्रीमा राखिएको छ । बैंकले संस्थापक शेयरधनीहरूले मात्रै किन्न पाउने गरी शेयर बिक्रीमा राखेको हो ।
उक्त शेयर खरीद गर्न इच्छुक संस्थापक शेयरधनीहरूले ३५ दिनभित्र आवश्यक कागजात सहित काठमाडौंको बानेश्वरस्थित बैंकको रजिष्टर्ड कार्यालयको कानून विभागमा लिखित निवेदन दिनुपर्नेछ ।
तोकिएको म्यादभित्र संस्थापकहरूबाट शेयर खरीदका लागि आवेदन नपरेमा सो शेयर अन्य व्यक्ति वा संस्थाहरूलाई बिक्री गरिने बैंकले जनाएको छ ।