१० असार, काठमाडौं।
लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले नेपालमै उत्पादन गरेको हुण्डाई गाडीहरू बिक्री गर्न थालेको छ।
‘हुन्डाई नेपाल: मेड फर योर जर्नी’ स्कीममा, ६.९९% ब्याजदरमा कर्जा सुविधा, १० वर्षको निःशुल्क सर्भिसिङ र ३ वर्षको वारेन्टी उपलब्ध। मेड इन नेपाल हुण्डाई भेन्यू १.२ एसको मूल्य ४४.९६ लाख र १.२ एसएक्सको मूल्य ५३.५६ लाख।
नेपालमै हुण्डाई कम्पनीका गाडी उत्पादन थालेको लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले मूल्य निर्धारण गरी बिक्री गर्न थालेको छ। ‘हुण्डाई नेपालः मेड फर योर जर्नी’ नाम दिएर ल्याएको स्कीममा नेपालमा एसेम्बल भएको भेन्यू किन्ने ग्राहकले ६.९९ प्रतिशत ब्याजदरमा कर्जा सुविधा पाउने भएका हुन् ।
कम्पनीले स्कीममा भेन्यू किन्ने ग्राहकलाई १० वर्षको निःशुल्क सर्भिसिङ र तीन वर्षको वारेन्टी प्रदान गर्ने जनाएको छ । हाल बिक्री वितरण सुरु भएको मेड इन नेपाल हुन्डाए भेन्यु १.२ एसको मूल्य ४४ लाख ९६ हजार र भेन्यु १.२ एसएक्सको मूल्य ५३ लाख ५६ हजार कायम गरिएको छ ।