एन आई सी एशिया बैंकद्वारा बाल विनायक आधारभूत विद्यालयमा सहयोग
२३ असार, काठमाडौं।
एन आई सी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं. २, बालकोटस्थित श्री बाल विनायक आधारभूत विद्यालयलाई कम्प्युटर सहयोग गरेको छ।
विद्यालयमा अध्ययनरत विद्यार्थीहरूको पठनपाठनलाई थप सहज बनाउँदै गुणस्तरीय शैक्षिक वातावरण सिर्जना गर्ने उद्देश्यका साथ बैंकले ल्यापटप र डेस्कटप कम्प्युटर प्रदान गरेको हो।
हाल १७० भन्दा बढी विद्यार्थीहरू अध्ययनरत रहेको उक्त विद्यालयमा आयोजित एक विशेष कार्यक्रमका बीच बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत रन्जन खड्का र काठमाडौँ पूर्वका सर्कल हेड गणेश पौडेलले संयुक्त रूपमा उक्त सामग्रीहरू हस्तान्तरण गरे।
सो प्रविधि सामग्री विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं सूर्यविनायक नगरपालिका वडा नं. २ का अध्यक्ष जनार्दन खड्का र विद्यालयकी प्रधानाध्यापक सविना राजभण्डारीलाई १ थान ल्यापटप र ३ थान डेस्कटप कम्प्युटर हस्तान्तरण गरिएको हो।
उक्त सहयोग हस्तान्तरण कार्यक्रममा विद्यालयका शिक्षक, शिक्षिका, विद्यार्थीहरूका साथै बैंकका अन्य कर्मचारीहरूको समेत उपस्थिति रहेको थियो।
बैंकले उपलब्ध गराएको यस सहयोगबाट विद्यार्थीहरूको आधुनिक पठनपाठनमा थप सहजता आउने, विद्यालयमा गुणस्तरीय शैक्षिक वातावरण सिर्जना हुने र सूचना प्रविधिको विकासमा महत्वपूर्ण टेवा पुग्ने विश्वास बैंकले लिएको छ।
For More: NIC ASIA Bank Support


