हङकङमा हुने अन्तर्राष्ट्रिय बाथ रोग सम्मेलनमा डा. प्रवीण खत्रीले नेपालको प्रतिनिधित्व गर्ने
आगामी नोभेम्बर २८ र २९, २०२६ (मंसिर १२ र १३ गते) हङकङस्थित कोर्डिस (Cordis) होटलमा आयोजना हुन लागेको ‘इन्टरनेशनल कन्फरेन्स अफ चाइनिज रुमाटोलोजिस्ट (ICCR 2026)’ मा डा. खत्रीको अनुसन्धानपत्र प्रस्तुतीकरणका लागि छनोट भएको हो।
अन्तर्राष्ट्रिय स्तरको उक्त सम्मेलनमा अनुसन्धानपत्र छनोट भएसँगै डा. खत्रीले आयोजकका तर्फबाट ८ हजार हङकङ डलर (HKD 8,000) बराबरको विशेष पुरस्कार (ट्राभल ग्रान्ट) समेत प्राप्त गरेका छन्। उक्त पुरस्कार राशिमा सम्मेलनको दर्ता शुल्क, दुई रातको होटल आवास तथा आउजाउका लागि इकोनोमी क्लासको हवाई वा रेल टिकट खर्चको शोधभर्ना (प्रतिपूर्ति) समावेश रहेको छ।
डा. खत्रीको अनुसन्धानपत्र विश्वस्तरीय चिकित्सा मञ्चमा छनोट हुनुले उनले चिकित्सा शिक्षा तथा अनुसन्धानका क्षेत्रमा पुर्याउँदै आएको योगदानको उच्च कदर भएको कलेज प्रशासनले जनाएको छ।
यस उपलब्धिप्रति खुसी व्यक्त गर्दै काठमाडौं मेडिकल कलेज परिवारले डा. खत्रीलाई हार्दिक बधाई ज्ञापन गरेको छ। कलेजले यो सफलता डा. खत्रीको व्यक्तिगत उपलब्धि मात्र नभई समग्र नेपाली चिकित्सा तथा अनुसन्धान क्षेत्रकै गौरवको विषय भएको उल्लेख गर्दै कार्यपत्रको सफल प्रस्तुतीकरणका लागि शुभकामना व्यक्त गरेको छ।
यस सहभागिताले नेपाली चिकित्सा विज्ञानको पहिचान र प्रतिष्ठालाई अन्तर्राष्ट्रिय स्तरमा थप उचाइमा पुर्याउन महत्वपूर्ण टेवा पुग्ने विश्वास लिइएको छ।
For More: Dr Prabin Khatri Represent Nepal



