ग्रामिण क्षेत्रमा इन्टरनेट पहुँच पु¥याउने वल्र्डलिकंको घोषण

Network Service Provider in Nepal

२४ फागुन, काठमाण्डौं ।
वि.सं. २०५२ सालमा स्थापना भई हालसम्म नेपालका ७० वटा जिल्लामा सेवा विस्तार गर्न सफल इन्टरनेट सेवा प्रदायक कम्पनी वल्र्डलिकं कम्युनिकेशन्स प्रा.लि. ले आफ्ना सेवा सुविधा सम्बन्धी भइरहेको कार्य र भावी योजनाहरुलाई सम्पूर्ण सर्वसाधारण माझ जानकारी गराउने मुख्य उद्देश्यका साथ फागुन २४ गने शुक्रकार एक पत्रकार सम्मेलन आयोजना गरेको छ ।
उक्त पत्रकार सम्मेलनमा एफ टि टि एच, ब्रोडव्यान्ड, आई.सि.टि क्षेत्रको रोजगार प्रदायक लगायतका विविध आधारमा नेपालकै ठुलो अपरेटरको रुपमा परिचित वल्र्डलिंकका हालसम्मका उपलब्धि र भावि कार्ययोजनका साथमा पब्लिक वाईफाई प्रोजेक्ट, वायर म्यानेजमेन्ट प्रोजेक्ट, कर्णाली प्रोजेक्ट, इन्टरनेट सम्बन्धी भएका चेतना मूलक कार्यक्रम र हालमा इन्टरनेटको नयाँ स्ट्याण्डर्ड नामक प्रोडक्ट लगायतका विषयमा छलफल गरिएको छ ।
पब्लिक वाईफाई प्रोजेक्ट अन्तर्गत निःशुल्क रुपमा इन्टरनेटको पहुँचलाइ पशुपति विकास क्षेत्र, बौद्व, शङख पार्क, बालाजु वाईसधारा, स्वयम्भू, बसन्तपुर, एयरपोर्ट एवं पोखरा र विरगञ्ज महानगरपालिका कार्यलय लगायतका महत्वपूर्ण स्थलहरुमा नियमित रुपमा सेवा दिंदै आएको र आगामी दिनहरुमा अझ प्रभावकारी ढगंले नयाँ नयाँ स्थलहरुमा यस्तो सेवा प्रदान गर्ने योजना रहेको कुरा उक्त सम्मेलनमा जानकारी गराइएको छ । त्यस्तैगरी, काडमाडौं शहरको सुन्दरताको साथमा इन्टरनेटका तारहरुको व्यवस्थापन लाई मध्य नजर गरी अगाडी बढाईएको वायर म्यानेजमेन्ट प्रोजेक्टले काठमाडौं शहरभित्र रहेका अव्यवस्थित तारहरुलाई व्यवस्थि गर्ने योजना अनुरुप पहिलो चरणमा त्रिपुरेश्वर देखि महारजगञ्ज सम्म र दोश्रो चरणमा बालुवाटार देखि माइतिघर सम्मा क्षेत्रहरुमा रहेका अव्यवस्थित तारहरुलाई व्यवस्थित गर्ने योजना अनुरुप हालसम्म त्रिपुरेश्वर बाट पानिपोखरी सम्मको कार्य सम्पन्न भइसकेको छ भने यस प्रोजेक्टका बाँकी कार्यहरु निरन्तर रुपमा अगाडी बढिरहेको वल्र्डलिंकले जानकारी गराएको छ । कर्णाली प्रोजेक्ट अन्र्तगत प्याकेज ए र प्याकेज बि गरी वल्र्डलिंक इन्टरनेटलाई कर्णालीका विभिन्न क्षेत्रमा पु¥याई त्यहाँको जनमानसलाई इन्टरनेट सेवा प्रदान गर्दै आएको छ । जस अन्तर्गतको प्याकेज ए मा इन्टरनेट सेवालाई हुम्ला, जुम्ला, डोल्पा र मुगु सम्म पु¥याइने कार्यमा ५२ प्रतिशत कार्य सम्पन्न भइसकेको छ भने यस्तो किसिमको प्रोजेक्ट प्रदेश नं. ४ का लमजुङ, तनहुँ, पर्वत, कास्की र स्याङ्जामा पनि सञ्चालन गर्ने वल्र्डलिकंको योजना रहेको छ । प्रोडक्टमा निरन्तर परिमार्जन र सुधार गर्दै आएको छ भने इन्टरनेटको प्रयोग सम्बन्धी चेतना जगाउने उद्देश्यले हालसक्म वल्र्डलिंकले ३९ वटा विधालयका २०३८ विधार्थीहरुलाई इन्टरनेटको प्रयोग सम्बन्धी ज्ञान प्रदान गरिसकेको छ ।
वल्र्डलिंकको अबको ४ महिना भित्र करिब १० वटा ग्रामिण क्षेत्रमा इन्टरनेट पहुँच पु¥याउनुको साथै एक बर्षमा १०,००० सार्वजनिक स्थलहरुमा फ्रि हटस्पट उपलब्त्र गराउने जस्ता थुप्रै लक्ष्यहरु रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here