ओपो र एरिक्सनद्वारा प्याटेन्ट ईजाजत सम्झौतामा हस्ताक्षर

फागुन २८, काठमाडौं । ओपो र एरिक्सनले एक आपसमा बहुबार्षिक वैश्विक प्याटेन्ट ईजाजतका लागि सहमतिपत्रमा हस्ताक्षर गरेका छन् । यो सहमतिमा प्याटेन्ट लाईसेन्सिङ र विभिन्न ब्यवसायिक योजनाका लागि साझेदारीका लागि सम्झौता समेटिएको छ ।

यो सहमतिले फाइभजी यूगमा दूई कम्पनी  विच सहकार्यका लागिबलियो जग बसाउन सघाव पुग्ने ओपो ईन्टेलेक्चुअल प्रपर्टी विभागका  प्रमुख एड्लर फेङले बताए । ‘ओपोले बौद्धिक सम्पत्तिको अधिकारलाई सधैँ नै पहिलो प्राथमिकताको विषयका रुपमालिने गरेको छ । हामी उत्पादन र सेवामा अत्याधुनिक  नवप्रबर्तनार्थ एरिक्सनसंग सहकार्यका लागिनिकै उत्साहित छौँ’, एड्लरले भने ।
‘वैश्विक रुपमै सुचना   तथा सञ्चार प्रविधि (आईसीटी) जगतमा एरिक्सन एक अग्रणी उत्पादक तथा  सेवा प्रदायक हो । निकै महत्वपूर्ण यस सम्झौताले हाम्रो प्याटेन्ट पोर्टफोलियोको मान राख्दै एरिक्सन फ्राण्ड लाईसेन्सिङ प्रोग्रामको महत्वलाई थप प्रष्टरुपमा मान्यताप्रदान गरेको छ’,एरिक्सन का चिफ ईन्टेलेक्चुअल प्रपर्टी अफिसर गुस्ताव ब्रिसमार्कले भने,‘ हाल सम्म एरिक्सनले १ सयभन्दा बढी प्याटेन्ट अनुमति सम्झौता पत्रमा हस्ताक्षर गरिसकेको छ । ओपो संग पारस्परिक लाभकारी यस सम्झौतामा हस्ताक्षर गर्दा हामी निकै उत्साहित छौँ ।’
प्याटेन्ट फस्र्ट रणनीति अवलम्बन गर्दै ओपोले प्याटेन्ट र रिजर्भ सञ्चितीलाई विशेष महत्व दिने गरेको छ । सन् २०१९ को Janaury महिना सम्ममा ओपोले विश्व भरिमा ३३ हजार प्याटेन्ट एप्लिकेशन्सका लागि  निवेदन दर्ता गरिसकेको छ । त्यसैगरी कम्पनीको अधिनमा ८ हजार भन्दा बढी ग्राण्टेड प्याटेन्ट रहेका छन् । एरिक्सनसंग गरिएको यो सहमतिक्वाल कम, डल्बी र नोकिया  लगायत प्रमुख दूरसञ्चार (टेलिकम्युनिकेशन) उद्योगका पार्टनर्ससंग गरिएका प्याटेन्ट अनुमति सम्झौता मध्यकै नयाँ हो । आफ्ना विश्वभरका उपभोक्ताका   लागि उत्कृष्ट उत्पादन र अनुभवप्रदान गर्ने सोचका साथ ओपोले उद्योगका अग्रणी पार्टनर्ससंग नजिक रहेर सहकार्य गरिरहने कम्पनीले जानकारी दिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here