ग्लोबल आईएमई बैंकको साउनमा स्पेसल अफर : महिला ग्राहकलाई निःशुल्क क्रेडिट कार्ड

Empowering Women: Global IME Bank's July Special Offer
Empowering Women Global IME Bank's July Special - Free Credit Card Offer

१७ साउन, काठमाडौं ।

ग्लोबल आइएमई बैंक लिमिटेडले महिला ग्राहकहरुलाई लक्षित गर्दै निःशुल्क क्रेडिट कार्ड उपलब्ध गराउने गरी श्रावण विशेष अफर सार्वजनिक गरेको छ ।

बैंकले सार्वजनिक गरेको यो योजना अन्तर्गत महिला ग्राहकहरुले निःशुल्क रुपमा बैंकको क्रेडिट कार्ड प्राप्त गर्न सक्नेछन् । यो योजना श्रावण १६ गतेदेखि सिमित अवधिका लागि लागु हुनेछ ।

आफ्ना ग्राहकवर्गको सुविधालाई मध्यनजर गरी बैंकले यस्ता किसिमका समय सान्दर्भिक योजनाहरु ल्याएर ग्राहकहरुलाई लाभान्वित गर्दै आएको छ ।

ग्लोबल आइएमई बैंकले ३५९ शाखा कार्यालय, ३६७ एटिएम, ३२२ शाखा रहित बैंकिङ्ग सेवा, ६४ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी एक हजार एक सयभन्दा बढि सेवा केन्द्रबाट ४० लाख भन्दा बढि ग्राहकहरू माझ बैंकिङ्ग सेवा प्रदान गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here