प्राइम कमर्सियल बैंकको कामु सिईओमा संजीब मानन्धरलाई नियुक्त

१७ साउन, काठमाडौं ।

प्राइम कमर्सियल बैंकले कायममुकायम प्रमुख कार्यकारी अधिकृतमा संजीब मानन्धरलाई नियुक्त गरेको छ ।

बैंकका सिईओ नारायणदास मानन्धरको साउन १६ गते कार्यकाल समाप्त भएको हुनाले संजीब मानन्धरलाई अर्को ब्यवस्था नभएसम्मका लागि कायममुकायम प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको छ ।

बैंकको आज (साउन १७ गते) बिहान बसेको सञ्चालक समितिको बैठकले संजीब मानन्धरलाई कायममुकायम प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय गरेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here