चन्द्रागिरि हिल्स लिमिटेडको १४औँ वार्षिकोत्सव कार्यक्रम संम्पन्न

Chandragiri Hills Limited: 14th Anniversary Celebration
Chandragiri Hills Limited: 14th Anniversary Celebration

१७ साउन, काठमाडौं । 

चन्द्रागिरी हिल्स लिमिटेडको १४औँ वार्षिकोत्सव मनाएको छ। कम्पनीका अध्यक्ष हेमराज ढकालको अध्यक्षतामा कम्पनीले कार्यक्रम गरि वार्षिकोत्सव मनाएको हो ।

कर्यक्रममा कम्पनीको तर्फबाट आयोजना गरिएका विभिन्न ६ वटा विधाहरू मध्येबाट उत्कृष्ट हुने विजेता तथा उप विजेताहरूलाई कम्पनीका अध्यक्ष ढकालले प्रमाणपत्र तथा ट्रफी वितरण गरेका थिए । त्यसैगरि सोही अवसरमा कम्पनीमा ५ वर्ष सेवा अवधि पुगेका, यस वर्षको अवधि भरीमा सबै भन्दा राम्रो उत्कृष्ट कार्य गरि उदाहरणीय बन्न सफल भएका ४ जान कर्मचारीहरुलाई  प्रमाणपत्र, चाँदीको लकेट ,एक रातको लागि परिवार सहित निशुल्क  रिसोर्ट बस्ने भौचर कुपन समेत प्रदान गरि कर्मचारीहरुलाई थप हौसला प्रदान गरिएको कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार कम्पनीमा कार्यरत एक्जुकेटिभ तहका दुई जना कर्मचारीहरुलाई तोकिएको आफ्नो जिम्मेवारी अनुसारको काम गर्न सफल भएका दुई जना कर्मचारीहरुलाई समेत प्रमाणपत्र तथा घरमा प्रयोग हुने खालको उपहार दिई सम्मान गरिएको थियो ।

 कम्पनीका अध्यक्ष ढकालले पर्यटकीय गन्तव्य स्थलको रुपमा रहेको चन्द्रागिरिमा घुम्न आउने आन्तरिक तथा वाह्रय पर्यटकहरुलाई पहिलो रोजाई स्थल हुने गरि सेवा प्रदान गर्न अनुरोध गर्दे कम्पनीमा कार्यरत कर्मचारीहरुले  कम्पनीबाट दिइएको जिम्मेवारी पूर्ण रुपमा पालना हुने  विश्वास व्यक्त गरे। कम्पनीका अनुसार कार्यक्रमको अन्त्यमा विभिन्न किसिमको सास्कृतिक कार्यक्रम संचालन गरि मनोरञ्जन प्रदान गरिएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here