मेरो सेयर तथा ७६ वटा डिपीको डिम्याट खाता नविकरण शुल्क अब ‘खल्ती’ डिजिटल वालेटबाटै तिर्न सकिने

Meroshare and Demat
Share It On:

९ चैत २०७७, काठमाडौं ।

खल्ती र सिडिएस एण्ड क्लियरिंग लिमिटेडकाे सहकार्यमा अब मेराे सेयर तथा ७६ वटा डिम्याट खाता संचालक कम्पनीको डिम्याट एकाउन्ट नवीकरण शुल्क खल्ती डिजीटल वालेटबाटै भुक्तानी गर्न सम्भव भएको छ, त्यो पनि बिना कुनै अन्य सेवा शुल्क ।

सिडिएस एण्ड क्लियरिंग लिमिटेडका प्रमुख कार्यकारी अधिकृत श्री पूर्ण प्रसाद आचार्य र खल्ती डिजिटल वालेटका सहायक प्रबन्धक श्री जोनाम भूर्तेल बीच यस सम्झौता पश्चात यो लागू भएको हो। यस अन्तर्गत अब मेराे सेयर र डिम्याट खाताकाे नवीकरण खल्ती डिजिटल वालेटबाटै गर्न सकिने भएकाे छ। डिम्याट खाताधनीहरूले मेरो सेयरको हाेम स्क्रिनमा लग – इन गरी त्यहाँ रहेकाे प्राेफाइलमा खाता नवीकरण गर्ने सुविधा उपलब्ध गरिएको छ ।

सेयर डिम्याट खाता र मेरो सेयर शुल्क तिरेर नवीकरण गर्नुपर्ने नियम रहेको छ । समयमा शुल्क नतिरेको खण्डमा मेराे सेयर खाता निष्क्रिय हुने गरेको छ । खाता निष्क्रिय भएको खण्डमा डिम्याट खातामा भएको सेयर स्थानान्तरण गर्न सकिँदैन । साथै विभिन्न कम्पनीले निस्कासन गर्ने प्राथमिक सेयरहरु (आइपिओ) मा पनि आवेदन गर्न सकिँदैन ।

यस सन्दर्भमा खल्तीका भूर्तेल जी भन्नुहुन्छ, “अब ३० लाख भन्दा बढी खाताधनीहरूले खल्ती एप डाउनलोड गरी अनलाइन डिम्याट र मेरो सेयर नवीकरण गर्न मिल्ने भएको छ। यसले थप जनतालाई लगानी गर्न प्रोत्साहन गर्ने कुरामा म विश्वस्त छु। साथै यसले डिजिटल नेपालको हाम्रो अभियानमा निकै ठुलो योगदान पुर्याउने पनि विश्वास राख्दछु।”

लगानीकर्ताहरू यस अघि डिम्याट खाता संचालक मेराे सेयर र कम्पनी (डिपी) को कार्यालय धाएर डिम्याट खाताकाे नवीकरण शुल्क तिर्दै आएका थिए।

खल्ती डिजिटल वालेट नेपालको लाेकप्रिय पेमेन्ट गेटवे हो जसको उद्देश्य प्रयोगकर्ताको समय बचत गरी भुक्तानी र बैंकिंग कारोबार सहज साथै सरल गर्नु हो । ‘खल्ती’ वालेटको प्रयोग गरी ६० भन्दा बढी बैंकमा पैसा पठाउन सकिने साथै मोबाइल रिचार्ज, बिजुली, पानी, इन्टरनेट तथा डीटीएचको बिल भुक्तानी, फिल्म, प्लेन, इभेन्ट्स को टिकट खरिद, होटेल रुम बुकिङ गर्ने, इ–कमर्समार्फत किनिएको सामानको भुक्तानी गर्ने, दैनिक पत्रिकाहरुको ग्राहक शुल्क तिर्ने, सरकारी कर तथा सेवा शुल्क तिर्ने जस्ता धेरै सेवाहरु लिन सकिन्छ । साथमा भुक्तानीमा पाइने क्यासब्याकको फाइदा उठाई रकम बचत गर्न पनि सकिन्छ। ‘खल्ती’का प्रयोगकर्ताहरुको संख्या १७ लाखभन्दा बढी छन् ।

कसरी डाउनलोड गर्ने ‘खल्ती’ एप ?

‘खल्ती’ एप Khalti.com/app लिंकबाट डाउनलोड गरी उपलब्ध सबै सेवाहरुको अनलाईन भुक्तानी गर्न सकिन्छ । माेबाइलमा डाउनलाेड गर्न गुगल प्ले स्टाेर वा एप्पल स्टाेरमा याे एप उपलब्ध छ ।


Share It On:

Leave a Reply

Your email address will not be published. Required fields are marked *