११ चैत २०७७, काठमाडौं ।
ओपोले नेपालमा आजबाट एफ १९ प्रोको विक्रि आरम्भ गरेको छ । कम्पनीले देशभर रहेका प्रमुख अफलाईन रिटेल स्टोर्स मार्फत स्मार्टफोनको विक्रि खुल्ला गरेको हो । मार्च १६ मा एक अनलाइन लञ्च ईभेन्ट मार्फत ओपोले नेपालका लागि आफ्नो फ्ल्यागशिप मोडल ओपो एफ१९ प्रोका साथमा ओपो ब्याण्ड स्टाइल र ओपो एफ१९ पनि सार्वजनिक गरेको थियो । नेपालमा ओपोको तेस्रो अनलाईन लाइभ लञ्च ईभेन्टमा नेपाली मनोरञ्जन जगतका चर्चित हस्तिहरु, ओपोका ब्राण्ड फ्रेन्ड तथा नायिका स्वस्तिमा खड्का, गायिक / गीतकार तथा संगीतकार तृष्णा गुरुङ्ग र पारम्परिक नेपाली लोक बाद्य बादन उपकरण ईन्सेम्बल कुटुम्ब ब्याण्ड लगायतको उपस्थिती रहको थियो ।
नेपालमा ओपो एफ१९ प्रोको मूल्यः
८जीबी ¥याम र १२८जीबी सञ्चय क्षमताका साथमा उपलब्ध गरिएको ओपो एफ१९ प्रोको मूल्य नेपालमा रु. ४४ हजार ९ सय ९० तोकिएको छ । कम्पनीले स्मार्टफोन फ्यान्ट्यास्टिक पर्पल र फ्ल्यूइड ब्ल्याक गरी दूई आकर्षक रंगमा उपलब्ध गराएको छ ।
फोनका विशेषता बारे संक्षिप्त जानकारीः
ओपो एफ१९ प्रोमा ६.४३ ईञ्च पञ्च(होल एमोलेड डिस्प्लेका साथमा सेल्फीका लागि ३२एमपी फ्रण्ट फेसिङ क्यामेरा दिइएको छ । यस स्मार्टफोनको ब्याक प्यानलमा ४८एमपी क्वाड क्यामेरा सहित ४ ओटा क्यामेरा सेन्सरको ब्यवस्था गरिएको छ । तिनमा ४८एमपीको प्राइमरी क्यामेरा, ८ एमपी अल्ट्रा वाइट, २एमपी माक्रो र २एमपी मोनो क्यामेरा रहेका छन् । अल्ट्रा स्लिम डिजाइनका लागि पनि एफ सिरिज परिचित छ । एफ१९ प्रोमा पनि कम्पनीले यसलाई प्राथमिकताका साथ निरन्तरता दिएको छ । थ्रीडी कभ्र्ड ब्याट्री र ७.८एमएम अल्ट्रा स्लिम बडी सहितको यो फोनको वजन जम्मा १७२ग्राम मात्र रहेको छ ।
एप स्टार्टअप टाइममा तिब्रताका साथै, थप प्रतिक्रियात्मक अनस्क्रिन टच र न्यून ल्यागका लागि एफ१९ प्रोमा २.२ जीएचजेड सम्म सञ्चालन हुने २ एआरएम कोरटेक्स ए७५ प्राइम कोर्स र २.०जीएचजेड सम्म क्षमताका साथ सञ्चालन हुने ६ एआरएम कोरटेक्स ए५५ सहितको शक्तिशाली मिडियाटेक हेलियो पी९५ ओक्टाकोर प्रोसेसरको प्रयोग गरिएको छ । त्यसैगरी, फोनको प्रदर्शनीमा अझ उत्कृष्टता दिने सोचक साथ यसमा ३०वाट भोक फ्ल्याश चार्ज ४.० प्रविधि सुसज्जित ४,३१० एमएएच क्षमताको ब्याट्री जडान गरिएको छ । साथै, प्रयोगकर्ताको सुरक्षामा विशेष ध्यान दिँदै फोनमा ईन(डिस्प्ले फिंगरप्रिन्ट स्क्यानर र उपकरण अनलकिङका लागि फेस अनलक प्रविधि पनि उपलब्ध गरिएको छ ।
ओपो एफ१९ प्रोमा कलरओएस ११ सञ्चालन प्रणालीको ब्यवस्था गरिएको छ । यसले गर्दा ओपो एफ१९ प्रो मल्टिटास्किङ गरिरहनुपर्ने प्रयोगकर्ताहरुका लागि तिब्र कार्य सम्पादनका लागि उपयुक्त छ ।
ओपो ब्याण्ड स्टाइलको पनि विक्रि खुल्लाः
एफ१९ प्रोका साथै ओपोले नेपालमा आफ्ना आईओटी उपकरणको श्रेणीमा थप बृद्धि गर्दै ओपो ब्याण्ड स्टाइलपनि आजैका मितिबाट उपलब्ध गराएको छ । मूल्य रु. ५,५९९ तोकिएको ओपो ब्याण्ड स्टाईल कालो र भ्यानिला गरी दूई आकर्षक रंगमा उपलब्ध गरिएको छ । यसमा कम्पनीले आकर्षक मेटल बकल डिजाइन अपनाएको छ । यो डिजाइनका कारण प्रयोगकर्ताले रिस्ट ब्याण्डलाई लगाउँदा आफ्नो आराम अनुसार आवश्यकता र आरामदायिता अनुभवका लागि ३६० डिग्री सम्म समायोजन गर्न सक्छन् ।