युनाईटेड फाईनान्स लिमिटेडका २५औं र २६औैं शाखा रुपन्देहिको मणिग्राम र तानसेनको पाल्पामा

United Finance Limited
Share It On:

९ चैत २०७७, काठमाडौं ।

भारतको प्रतिष्ठित कम्पनी मुथुट फाईनान्सको लगानी रहेको युनाईटेड फाईनान्स लिमिटेडले २५औं र २६औं शाखा रुपन्देहिको मणिग्राम र तानसेनको पाल्पामा सञ्चालनमा ल्याएको छ ।

मणिग्राम शाखाको उद्घाटन उद्योग वाणिज्य संघ, तिलोत्तमाका अध्यक्ष श्री गुणानिधि भण्डारी (माधव) र युनाइटेड फाईनान्स लिमिटेडका सञ्चालक श्रीमति प्रभा पाण्डेले तथो पाल्पा शाखाको उद्घाटन तानसेन नगरपालिकाका मेयर श्री अशोक कुमार शाही र युनाइटेड फाईनान्स लिमिटेडका सञ्चालक श्री मनिष कुमार खेमकाले संयूक्त रुपमा गर्नु भयो । दुबै शाखाले आज देखि नै विधिवत रुपमा बैंकिङ्घ कारोवार सञ्चालनमा ल्याएको छ ।

नयाँ शाखा सञ्चालनमा आएसँगै फाईनान्सको शाखा कार्यालयको संख्या २६ पुगेको छ । चुक्ता पुँजी तथा शाखा सञ्जालको हिसावले नेपालको सबै भन्दा ठुलो फाइनान्स कम्पनी युनाईटेड फाईनान्स लिमिटेडले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पु¥याउने उद्देश्यले विभिन्न स्थानमा शाखा विस्तार गर्दै आफ्ना ग्राहकहरुलाई सरल रुपमा बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ ।


Share It On:

Leave a Reply

Your email address will not be published. Required fields are marked *