क्लासिक टेकको ट्याकयोन–१ जिबिपिएस इन्टरनेट सेवा सुरु

Classic Tech TACHYON

२९ मंसिर २०७८, काठमाडौं ।

नेपालमा सन् २००९ देखी शुभारम्भ भएको देशकै अग्रणी तथा ठूलो नेटवर्क सेवा प्रदायक कम्पनी क्लासिक टेकले नेक्स्ट जेनेरेशनको प्रविधी वाइफाइ ६ को साथमा TACHYON 1 Gbps इन्टरनेट सेवा शुभारम्म गर्ने तयारी गरेको छ ।

नेपालमै पहिलो पटक वाइफाइ ६ का साथमा TACHYON 1 Gbps इन्टरनेट प्रविधी भित्राउन अन्तिम परीक्षण भइरहेको कम्पनीले जानकारी दिएको छ । वाइफाइ ६ अन्तर्गत Smart Connectivity, Beamforming, MU-MIMO लगायतका सुविधाहरू रहने छन् ।

कम्पनीको अनुसार सो प्रविधी अवलम्बन गरे पश्चात ग्राहकहरूले हाइ स्पिड इन्टरनेट प्रयोग गर्न सक्षम रहने छन् । वाइफाइ ६ प्रविधी अन्तर्गत इन्टरनेटको स्पिड घन्दउक सम्म रहनेछ । पहिलो चरणमा क्लासिकटेकले 1Gbps सम्मको ब्यान्डविथमा अन्तिम परीक्षण गरिरहेको छ ।

यसले कुनै विशेष डिभाइसमा वाइफाइ केन्द्रित गर्ने हुनाले बिना झन्झट प्रयोगकर्ताहरूले इन्टरनेट प्रयोग गर्न सक्षम हुनेछन् । वाइफाइ ६ ले प्रयोगकर्ताहरूलाई मल्टिपल वायरलेस राउटरहरूबाट इन्टरनेट प्राप्त गर्न सम्भब हुने र यसले धेरै–प्रयोगकर्ता, धेरै–इनपुट, धेरै–आउटपुट प्रविधी हुनाले वाइफाइ राउटरलाई एकै साथ धेरै उपकरणहरूसँग समन्वय गर्न सम्भव रहनेछ जसका कारण कुने Signal लागि पर्खनु पर्ने समय घटाउँछ र वाइफाइ नेटवर्कको गति तिब्र बनाउने कम्पनीले जनाएको छ।

वाइफाइ ६ पश्चात क्लासिकटेकले नेपालमा हाल प्रयोग भैरहेका Dual Band का राउटरहरू विस्थापित गराइ नेपालभर Tri- Band राउटरहरू प्रयोगमा ल्याउने जनाइएको छ ।

ट्राइ–ब्यान्डमा एउटा 2.4 GHz ब्यान्ड र दुई छ न्ज्श ब्यान्डहरू गरी तिनवटा अलग अलग 5 GHz ब्यान्डहरू को कारण इन्टरनेट प्रयोगकर्ताहरूले थप उपकरणहरू जडान नगिकनै High Speed  इन्टरनेट प्रयोग गर्न सक्षम रहने छन् । यो प्रविधी पश्चात ग्रहकहरूलाइ बिना झन्झट, उच्च गतीको इन्टनेरट सेवा प्रदान गर्न क्लासिक टेक सक्षम रहने क्म्पनीले विश्वास लिएको छ ।

क्लासिक टेकले सधैं ग्राहकलाई सस्तो मूल्यमा गुणस्तरिय सेवा प्रदान गर्ने दिशामा काम गरिरहेको सबैलाई अगवत नै छ । ग्राहकहरूमाझ नयाँ प्रविधी भित्राएर गुणस्तरिय सेवा प्रदान गर्न हामी सदैव तत्पर रहेको समेत बताएको छ ।

१२ बर्षमा ७४ वटा जिल्लाका १०३ स्थानमा सेवा सञ्चालन ल्याएको क्लासकिटेकले कस्टमर सपोर्टमा बिषेश ग्राहयता दिँदै कम्पनीले दुर्गम क्षेत्र देखि साना साना गाँउ घरमा थप सेवा विस्तार गर्दै ग्राहकहरूलाइ छिटो तथा छरितो सेवा प्रदान गरिरहेको जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here