क्लासिक टेकको ब्राण्ड एम्बेस्डरमा बिपिन कार्की नियुक्त

Ambassador of Classic Tech

२७ मंसिर २०७८, काठमाडौं ।

नेपालको अग्रणी र ठूलो नेटवर्क सेवा प्रदायक कम्पनी क्लासिक टेकले नयाँ ब्राण्ड एम्बेस्डरमा कलाकार बिपिन कार्की नियुक्त गरेको छ ।

ब्राण्ड एम्बेस्डर नियुक्त सम्बन्धि सम्झौतामा कम्पनीका तर्फबाट प्रमुख सेल्स एण्ड मार्केटिंग अफिसर बिनय कुमार अधिकारी र कलाकार बिपिन कार्कीले हस्ताक्षर गर्नुभएको छ ।

लोकप्रिय अभिनेता बिपिन कार्कीका छाड्के, पशुपति प्रसाद, जात्रौ जात्रा, सेल्फी किङ लगायतका चलचित्रले सफलता प्राप्त थियो । बहुमुखी प्रतिभाका धनी उहाँको फिल्मी यात्रा थिएटर कलाकारबाट सुरु भएको थियो ।

निजको यहि सफलता, लगाव एवम् क्षमताको कदर गर्दै कम्पनीको व्यवसायिक सामाजिक उतरदायिल अन्तर्गत ब्राण्ड एम्बेस्डरमा नियुक्त गरिएको हो । करोडौँ दर्शक स्रोता माझ लोकप्रिय अभिनेता कार्की सँगको सम्बन्धले कम्पनीले नयाँ उचाई प्राप्तगर्ने विश्वास गरेको छ ।

राम्रो कलाकारीताका साथै राम्रो दर्शकमा रूचाएका कलाकार सँगै काम गर्दा कम्पनीका अफर र सेवाहरुको बारेमा बजारमा सही जानकारीहरु प्रचार हुने अपेक्षा रहेको छ ।

सन् २००९ मा सुरू भएको क्लासकिटेकले १२ बर्षको सेवाले ७४ वटा जिल्लामा १०३ वटा ठाँउमा यगतभित सञ्चालनमा ल्याएको छ ।

कस्टमर सपोर्टमा बिषेश ग्राहयता दिँदै आइरहेको क्लासिक टेक दुर्गम क्षेत्र देखि साना साना गाँउ घरमा पनि आफ्नो सेवा विस्तार गरेको छ । लकडाउन भए सँगै इन्टरनेटको महत्व बढे सँगै धमाधम आउटलेट विस्तार गर्दै ग्राहकहरूलाइ छिटो र छरितो सेवा दिइ रहेको छ ।

कम्पनीले निकट भविश्यमै 500 Mbps सम्मको हाइ स्पिट इन्टरनेट सेवा रहेका गाँउघरमा पुर्याउने हिसाबले सुलभ मुल्यमा नेपालीको पहुँच पुग्नेगरि छिट्टै नै नयाँ सेवा ल्याउने तयारी गरीरहेको छ ।

क्लासिक टेकले सधैं ग्राहकलाई अझ सस्तो मूल्यमा स्तरिय सेवा प्रदान गर्ने दिशामा काम गरिरहेको छ र यस सहकार्य ग्राहकहरूसम्म पुग्न तत्पर रहेको छ, यस सहकार्यमा क्लासिक टेकले ग्राहकबाट राम्रो प्रतिक्रियाको आशा राखेको छ र थप मानिसहरूसँग जोडिने आशा पनि गरिरहेको छ ।

यसबाट इन्टरनेट सेवा प्रदायक कम्पनी र कलकारीता क्षेत्रबिचको सम्बन्ध थप मजबुद हुदै जाने कम्पनीले बिश्वास व्यक्त गरेको छ ।

क्लासिकटेक को फेसबुक पेज लाइक गरी नयाँ अफर को जानकारी लिनुहोस्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here