• समाचार
  • बैंकिङ/बिमा
  • टेलिकम
  • ग्याजेट्स
  • अटाे
  • सेक्युरिटी
  • इभेन्ट
  • English
  • Unicode Converter
Menu
  • समाचार
  • बैंकिङ/बिमा
  • टेलिकम
  • ग्याजेट्स
  • अटाे
  • सेक्युरिटी
  • इभेन्ट
  • English
  • Unicode Converter

नेपाल लाइफ इन्स्योरेन्सको नाफामा ३२९.५२% को वृद्धि

  • May 13, 2023
  • Mina Aryal
nepal life insurance main logo
Share It On:

३० वैशाख, काठमाडौं।

नेपालकै सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफले चालु आ.व को तेस्रो त्रैमाससम्ममा उल्लेखनिय प्रगति गरेको छ ।

कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफामा ३२९.५२ प्रतिशतको वृद्धि भएकोे छ ।

यस त्रैमासकको अन्त्य सम्ममा कम्पनीको जगेडा तथा कोषमा करिव ४८ करोड रुपैयाँ रहेकोछ जुन अघिल्लो आ.व.को सम्बन्धित त्रैमासकको अन्त्य सम्मको आधारमा ९.४० प्रतिशतले बढी हो । गत आर्थिक वर्षको सोही अवधिमा करिव १३१ अर्ब १६ करोड रुपैयाँ रहेको जीवन बीमा कोष १९.८३ प्रतिशतले बढि करिव १५७ अर्ब १६ करोड रुपैयाँ पुगेको छ।

महाबिपत्ती कोषमा ८३ करोड रुपैयाँ रहेको छ जुन गत आर्थिक वर्षको सोही अवधिमा तुलनामा १५.४९ प्रतिशतले बढी हो। कम्पनीको लगानी २०.०७ प्रतिशतले बढेको छ । चैत मसान्तसम्म कम्पनीले १६२ अर्ब २८ करोड रुपैयाँ लगानी गरेको छ।
प्रकाशित विवरण अनुसार कम्पनीको भुक्तानी हुन बाँकी दावी उलेख्य रूपमा घटेको छ ।

गत आर्थिक वर्षको सोही अवधिमा करिव १ अर्ब २८ करोड रुपैयाँ भुक्तानी हुन बाँकी दावी वापत व्यवस्था गरिएकोमा चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ३४.१९ प्रतिशतले घटी ८४ करोड रुपैयाँ रहेको छ ।

यसै गरी चैत मसान्त सम्ममा २६ अर्ब ८३ करोड ७४ हजार रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ भने ११ अर्ब ८२ करोड रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ । समिक्षा अवधिमा कम्पनीको खुद दाबी भुक्तानी ११.४४ प्रतिशतले बढेको छ ।

यस त्रैमासमा आफ्नो दाबी भुक्तानी प्रक्रियालाई चुस्त दुरुस्त छिटो छरितो बनाइनु नै यस उपलब्धिको कारण हो भन्ने कुरा कम्पनीले जनाएको छ ।

८ अर्ब २० करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको समिक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी ७.२५ रुपैयाँ रहेको छ । यस्तै कम्पनीको प्रतिसेयर नेटवर्थ ११६.०१ रुपैयाँ, मूल्य अनुपात आम्दानी ९३.१९ गुणा, प्रति शेयर कुल सम्पत्तिको मूल्य २,०९० रुपैयाँ र औसत प्रतिफल दर १०.८४ प्रतिशत रहेको छ ।

समग्रमा देशमा उत्पन्न भएको आर्थिक संकटले बीमा क्षेत्रमा परेको प्रभावको बीच पनि नेपाल लाइफले उत्कृष्ट नतिजा ल्याउन सफल हुनुलाई कम्पनीको सबल पक्षको रुपमा लिन सकिन्छ ।

आगामी दिनमा कम्पनीलाई थप प्रभाबकारी रुपमा संचालन गर्न बिभिन्न संरचनात्मक, प्रक्रियागत सुधारहरु अबलम्बन गर्दै नेपालीहरुको घर दैलोमा गुणस्तरीय बीमा सेवा प्रबाह गर्न कम्पनी तत्पर रहेको र त्यसलाई मुर्तरुप प्रदान गर्न कम्पनी अहोरात्र लागिरहेको कुरा नेपाल लाइफ इन्स्योरेन्सका प्रमूख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले बताउनु भएको छ।


Share It On:

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Recent Posts

Nepal Micro Balaju Auto Deal

नेपाल माइक्रो इन्स्योरेन्स र बालाजु अटो वर्क्सबीच सम्झौता

ByMina Aryal June 12, 2025
Medicity Hospital Liver Transplants

मेडिसिटी अस्पतालमा पहिलो पटक कलेजो प्रत्यारोपण सफल

ByMina Aryal June 12, 2025
NIFRA Green Energy Bonds

निफ्रा ग्रीन इनर्जी बोन्ड ६% – २०८८/८९ को बाँडफाँड सम्पन्न

ByMina Aryal June 12, 2025
Citizens Bank tree plantation Sudurpashchim

सिटिजन्स बैंकद्वारा विश्व वातावरण दिवसको उपलक्ष्यमा सुदूरपश्चिम प्रदेशमा बृक्षारोपण सम्पन्न

ByMina Aryal June 12, 2025
Madan Bhandari University Admissions 2082

मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वबिद्यालयद्वारा बिद्यावारिधि तथा स्नातकोत्तर तहमा भर्ना आव्हान

ByMina Aryal June 12, 2025
Westminster Showdon

बाघ ई–स्पोर्ट्सले ३२४ टिमलाई उछिन्दै जित्यो वेस्टमिन्स्टर कलेज पब्जी टुर्नामेन्ट

ByMina Aryal June 12, 2025

ICT Frame is an online magazine for the community belonging to information and communication technology which also provides two versions of the magazine based on native and international language. ICT Frame serves the need of today’s world which is occupied mostly with the ideas relating to information technology. It has been helping out Nepalese youths providing different perspectives regarding the development of Information Technology in Nepal.

Quick Links

  • समाचार
  • बैंकिङ/बिमा
  • टेलिकम
  • ग्याजेट्स
  • अटाे
  • सेक्युरिटी
  • इभेन्ट
  • English
  • Unicode Converter
  • समाचार
  • बैंकिङ/बिमा
  • टेलिकम
  • ग्याजेट्स
  • अटाे
  • सेक्युरिटी
  • इभेन्ट
  • English
  • Unicode Converter
Facebook Twitter Youtube Instagram Linkedin Viber

Get In Touch

ICT Frame Magazine Pvt. Ltd.
  • New Baneswor-10, Kathmandu, Nepal
  • [email protected]
  • [email protected]
  • 9851051578
  • 9818525091
  • Department of Information Registration No. 20/073-074
  • Chairperson/ Chief Editor: Mina Aryal
Copyright @ ICT Frame Magazine Pvt. Ltd. 2013-2024
Scroll Up