कोभिड १९ बावजुद दराज ११.११ का सबै पछिल्ला रेकर्डहरू तोड्न सफल

Alibaba-owned Daraz Breaks

२७ कात्तिक , २०७७ काठमाडौं  ।

नेपालको सबैभन्दा ठूलो अनलाइन बजार, दराजले कोभिड १९ को बावजुद ११.११ का सबै पछिल्ला रेकर्डहरू तोड्न सफल भएको छ। ११.११ सुरू भएको पहिलो घण्टा भित्र दराजले रु २.५२ करोडको बिक्री दर्ता गर्यो, जुन गत वर्षको भन्दा ६०% बढी हो। अभियान दौरान दराजमा ५.२ लाख प्रयोगकर्ताहरूको उपस्थिति थियो र ७०० भन्दा बढी विक्रेताहरूले २८ विभिन्न शहरहरूमा व्यापार गर्न सफल भए।

वालेट र कार्ड मार्फत गरिने अनलाईन पेमेन्टमा पनि गत वर्ष भन्दा उल्लेखेनिय बढी वृद्धि देखियो जुन पुरै सेल को ४५% थियो। समग्रमा, यसपाली को ११ ११ मा गत बर्षको भन्दा तुलनात्मक रुपले बढी संख्यामा बिक्री भएको देखियो। अभियानको उल्लेखनीय हाइलाइटहरू मध्ये, पोको सी वान र एम २ फोन अभियान सुरु भएको पहिलो घण्टा भित्रै बिक्री भइसकेहको थियो।

बजारमा महामारीको कारण कम व्यापार भैरहेको बेला, ११.११ धेरै व्यवसायहरूको लागि सफलताको वरदान साबित भयो, विशेष गरी साना र मझौला आकारका उद्यमहरूको लागि (एसएमई)। ११.११ मा भएको कुल व्यापार संख्यामा २०% जति एसएमईहरू द्वारा उत्पन्न भएको थियो।

यी एसएमईहरु दराजको सहयात्री कार्यक्रम द्वारा दराजमा दर्ता भएका थिए जुन कार्यक्रम विशेष गरि महामारीको बखत एसएमईहरुलाई सहयोग गर्न दराज ले लिएर आएको थियो।

“मुलुकको चुनौतीपूर्ण अवस्थाको बाबजुद पनि, नेपालमा सफलतापूर्वक ११.११ तेस्रो पटक आयोजना गर्न सकेको हामी खुसी छौं। फेरि पनि हामी उपभोक्ता र विक्रेता दुवैको लागि केहि सकारात्मक चिज ल्याउन सक्यौं।

आर्थिक स्थितिलाई ध्यानमा राख्दै, ११.११ जस्ता सेल अभियानहरुले ठूलो रूपमा साना र मझौला आकारका व्यवसायहरूलाई आफ्नो उत्पादन बेच्न एक प्लेटफर्म पाउदछन जबकि ग्राहकहरूले उनीहरूको शपिंग आवश्यकताहरू सुरक्षित रूपमा पूरा गर्न सक्छन्।”, ११ ११ बारेमा टिप्पणी गर्दै दराज नेपालका प्रबन्ध निर्देशक लिनो अलरिंग ले भने ।

कुल, यस वर्षको ११ ११ मा गत दुई वर्ष भन्दा अझ बढी प्रयोगकर्ताहरू, विक्रेताहरू, खरीददारहरू थिए। साथै सबै भन्दा पहिलो डेलिभरी ११ ११ कै दिन ८ बजे भएको थियो। ग्राहकहरूले उनीहरूको अर्डर समयमै पुराउनका लागि कम्पनीले ७०० थप डेलिभरी कर्मीहरू थपेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here