टेलिकमको अटम अफरमा थप सुविधा

Nepal Telecom Central Office

३० कात्तिक , २०७७ काठमाडौं  ।

कम्पनीले ७ दिनसम्म प्रयोग गर्न सकिने गरी प्रति दिन १०० मिनेट र २८ दिनका लागि प्रति दिन १०० मिनेट चलाउन मिल्ने छुट्टाछुट्टै इको भ्वाइस प्याक (Eco Voice Pack) उपलब्ध गराउने भएको छ ।

७ दिनका लागि उपलब्ध हुने यस प्याकेजको मूल्य रु. ९५ हुनेछ भने २८ दिनका लागि उपलब्ध हुने प्याकेजको मूल्य रु. ३७५ हुनेछ । यी प्याक अन्तर्गत क्रमशः ७०० र २८०० मिनेट भ्वाइस कल गर्न सकिने छ ।

यसैगरी भ्वाइस र डाटा प्याक दुवै सुविधा समेत लिन सकिने नयाँ इको डाटा प्याक विथ भ्वाइस (Eco Data Pack with Voice) समेत उपलब्ध गराइएको छ ।

यस अन्तर्गत प्रतिदिन १४ मिनेट कुराकानी गर्ने र प्रतिदिन १ जिबी डाटा प्रयोग गर्न सकिने गरी ७ दिनका लागि रु. ९५ मा जम्मा ९८ मिनेट भ्वाइस कल गर्न र ७ जीबी डाटा चलाउन सकिने छ । साथै रु. ३७५ मा २८ दिनसम्म प्रयोग गर्न सकिने गरी जम्मा ३९२ मिनेट भ्वाइस कल र २८ जीबी डाटा सहितको प्याकेज उपलब्ध हुनेछ ।

ग्राहकको सहजताका लागि सबै किसिमका डाटाका साथै फेसबुक र युट्युब चलाउन मिल्नेगरी लार्ज सोसियल मिडिया प्याक Large Social Media Pack मा निम्न छुट उपलब्ध हुनेछ:

रु. १८० मा ७ दिनका लागि अल डाटा ४ जीबी र प्रत्येक दिन १ जीबी फेसबुक तथा युट्युब चलाउने गरी ७ जीबी सहित जम्मा ११ जीबी डाटा ।

रु. ५९९ मा अल डाटा १० जीबी र २८ दिनसम्म प्रत्येक दिन १ जीबी गरी फेसबुक तथा युट्युब चलाउन २८ जीबी सहित जम्मा ३८ जीबी ।

यसरी उपलब्ध डाटामध्ये अल डाटाबाट २४सै घण्टा जुनसुकै एप चलाउन र प्रत्येक दिन प्राप्त हुने १ जीबी डाटाले युट्युब र फेसबुक चलाउन सकिने छ । युट्युब र फेसबुक सम्बन्धी सबै डाटा जुनुसुकै समयमा र जुनसुकै नेटवर्कमा प्रयोग गर्न सकिने छ ।

कम्पनीले पहिले देखि नै उपलब्ध गराइरहेको पोस्टपेड प्याकमा रु. ५९९ को नयाँ पोस्टपेड (प्राइम) प्याक थप गरिएको छ भने रु. ७४९ को प्याकमा डाटा भोल्युम परिमार्जन गरिएको छ ।

अब रु. ५९९ मा ३० दिनसम्म चलाउन मिल्नेगरी प्याक लिन सकिने छ । सो प्याक प्रयोग गरी ४०० मिनेट कम्पनीकै नेटवर्कमा र ५० मिनेट अन्य नेटवर्कमा समेत कल गर्न सकिने सुविधा प्राप्त हुनेछ । साथै सो प्याकबाटै ६ जीबी डाटा चलाउन र २०० वटा एसएमएस पठाउन सकिने छ ।

यसैगरी रु. ७४९ को ३० दिन चलाउन मिल्ने पोस्टपेड (प्रिमियम) प्याक लिन सकिने छ र यसबाट ८०० मिनेट कम्पनीकै नेटवर्कमा र ७५ मिनेट अन्य नेटवर्कमा कल गर्न सकिने छ । त्यसैगरी ८ जीबी डाटा भोल्युम चलाउन र ५०० वटा एसएमएस गर्न सकिने छ ।

विभिन्न प्याकेज प्राप्त गर्नका लागि ग्राहकले *1415# डायल गर्नुपर्नेछ । कम्पनीको ‘नेपाल टेलिकम एप’ तथा कम्पनीको वेबसाइट www.ntc.net.np मार्फत यस सम्बन्धी विस्तृत जानकारी लिन तथा सेवा खरिद गर्न सकिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here