नेपाल टेलिकमले ल्यायो फेस्टिभल अफर

Nepal Telecom Central Office

२७ कात्तिक , २०७७ काठमाडौं  ।

नेपाल टेलिकमले यो तिहार, नेपाल संवतको नयाँ वर्ष तथा छठ पर्वका अवसरमा विभिन्न छुट र अफरका साथै केही नयाँ प्याकेजहरु पनि उपलब्ध गराउने भएको छ ।

कम्पनीले फेस्टिभल अफरका रुपमा दशैंको अवसरमा उपलब्ध गराएका केही छुटलाई तिहारको अवसरमा समेत निरन्तरता दिने भएको छ । यी अफरहरु काग तिहार (कात्तिक २८, २०७७) देखि छठ पर्व (मंसिर ५, २०७७) सम्म उपलब्ध हुनेछन् । यसका साथै सेवाग्राहीको सुविधाका लागि थप विशेषता सहितको अटम अफरका प्याकेजहरु कात्तिक २८ गतेबाटै लागु हुनेछन् ।

 फेस्टिभल अफर (दशैमा उपलब्ध अफरको निरन्तरता)

फेस्टिभल अफरका रुपमा जीएसएम / सीडीएमए मोबाइलको व्यालेन्स टप अप (त्यउ गउ) गर्दा निम्नानुसारको वोनस उपलब्ध हुनेछ;

  • रिचार्ज कार्डबाट रु. ५० रिचार्ज वा एमपोस बाट रु. २० देखि रु. ५० सम्म रिचार्ज गर्दा सोही दिनका लागि ५ मिनेट वोनस ।
  • रिचार्ज कार्डबाट रु. १०० वा एमपोस बाट रु. ५१ देखि रु.१०० सम्म रिचार्ज गर्दा सोही दिनका लागि १० मिनेट वोनस
  • रिचार्ज कार्डबाट रु. २०० वा एमपोस बाट रु. १०१ देखि रु. २०० सम्म रिचार्ज गर्दा सोही दिनका लागि २० मिनेट वोनस ।
  • एमपोसबाट रु. २०१ देखि रु. ४९९ सम्म रिचार्ज गर्दा सोही दिनका लागि ३० मिनेट वोनस ।
  • रिचार्ज कार्डबाट रु. ५०० वा एमपोस बाट रु. ५०० देखि रु. ९९९ सम्म रिचार्ज गर्दा दुई दिन भित्र प्रयोग गर्न सकिने गरी ५० मिनेट वोनस ।
  •  रिचार्ज कार्डबाट रु. १००० वा एमपोसबाट रु. १००० वा सोभन्दा माथि रिचार्ज गर्दा दुई दिनका लागि १०० मिनेट वोनस।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here