काठमाडौँमा एसिया प्रशान्त क्षेत्रीय सम्मेलन शुरु

APRICOT 2018

एसिया प्रशान्त क्षेत्रीय संचालन प्रविधि सम्मेलन (एप्रिकोट) फागुन ७ देखि १५ सम्म काठमाडौँमा  शुरु भएको छ। एसिया प्रशान्त इन्टरनेट संघ (एपिआइए) र एसिया प्रशान्तर नेटवर्क सूचना केन्द्र (एपिनिक) ले स्थानीय सहयोगी इन्टरनेट एक्सचेञ्ज नेपाल (एनपिआइएक्स) सँगको सहकार्यमा उक्त सम्मेलन आयोजना गर्न लागेको हो । दश दिन सम्म चल्ने उक्त सम्मेलनमा विश्वभरबाट करिब नौ सय भन्दा बढीको सहभागिता रहने छ । उक्त सम्मेलन एसिया प्रशान्त नेटवर्क संचालकहरुको मञ्च, एपिनिकको सदस्यहरुको छलफल तथा साधारण सभा, दक्षिण एसियाली नेटवर्क संचालक समूह (सानोग) का साथै नेटवर्क सुरक्षाका समपिर्त फस्र्ट, एपसर्ट एवम् अन्य एसिया प्रशान्त क्षेत्रका इन्टरनेट संगठनहरुको संगमस्थलको रुपमा रहेको छ ।

2018 APRICOT

उक्त कार्यक्रमलाई नेपाल दुरसंचार प्राधिकरणका साथै साथै स्थानीय सूचना प्रविधि संगठनहरुको सहयोग रहेको छ । स्थानीय संगठनहरुमा  रहेका छन् । सम्मेलनमा विपटेला कम्पनीका सहसंस्थापक अमिर खानले आफ्नो अनुभवहरु सुनाउने छन । यस क्रममा उनले पछिल्ला दुई दशकको अनुभव एवम् आगामि दशकको मार्गचित समेत प्रस्तुत गर्नेछन् ।
यसैगरी प्याकेट फेब्रिक का सहसंस्थापक विल चारनोकले नेटवर्किङ प्रविधिमा भइरहेका विकाशहरुको भविष्य प्रभावि धारणा प्रस्त गर्नेछन् । यसैगरी स्थानीय बक्तको रुपमा उक्त सम्मेलनमा नेपाली इन्टरनेट एवम.् ताररहित प्रविधि अभियन्ता डा. महाविर पुनले आफ्ना अनुभव एवम् स्मार्टसिटिको बारेमा आफ्नो धारण प्रस्तुत गर्नेछन् । ।
सम्मेलनको सुरुवात ७ फागुन देखि हुने सम्मेलन पूर्वको कार्यशाला बाट सुरु हुनेछ । सम्मेलनको हप्तामा आईओटी सम्वन्धी कार्यशाला, ताररहित संन्टर, सुरक्षा, राउटिङ नेटवर्क व्यवस्थापन लगायतका विषयमा छलफल हुनेछ । त्यसपछिका दिनमा DNSSec, Secure Routing, Software Defined Networking (SDN) and Network Function Virtualization (NFV) लगायतका प्राविधिक विषयमा छलफल हुनेछ । यसैग्री अन्तर देशिय सहकार्य, सरकारी एवम् इन्टरनेट समुदायसँगको सहकार्य लगायतका विषयमा छलफल हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here