गुगल क्रोममा अनलाइन विज्ञापन ब्लक हुने

गुगल क्रोमले आफ्नो ब्राउजरमा अनलाइन विज्ञापनलाई ब्लक गर्नसक्ने सुविधायुक्त फिचर थप गरेको छ । अब कुनैपनि वेबसाइट खोल्दा पेजमा देखापर्ने गुगल विज्ञापनहरु ब्लक गर्न सकिनेछ ।

गुगलले खासगरी ती वेबसाइटहरुबाट आउने अनलाइन विज्ञापनलाई रोक्नका लागि यो निर्णय लिएको हो जसले प्रयोगकर्तालई हैरान पार्दछन् । जस्तै साउण्डसँगै अटोप्ले हुने खालका भिडियो विज्ञापनहरु ।

यसमा गुगलका विज्ञापन पनि हुनेछन् । तर गुगलले क्रोम ब्राउजरमा यस्तो एड फिल्टर सुरु गर्नुको अर्को उद्देश्य चाहिँ प्रयोगकर्तालाई अरु कुनै एड ब्लकिङ सफ्टवेयरको प्रयोग नगर्न राजी गराउनु पनि हुनसक्छ । यस्ता सफ्टवेयरका कारण गुगलले एड ब्ल्कबाट हुने राजश्व आम्दानी प्राप्त हुँदैन ।

जब कुनैपनि विज्ञापनलाई गुगल क्रोमद्धारा ब्ल्क गरिनेछ तब प्रयोगकर्ताले यसका लागि एक नोटिफिकेसन प्राप्त गर्नेछन् । प्रयोगकर्ताले विज्ञापन देख्न चाहेमा सो विकल्प पनि छनोठ गर्न सक्नेछन् ।

एजेन्सी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here