सधै प्रयोगमा आउने सफ्टवेयरहरु

कम्प्युटर वा ल्यापटपमा इन्स्टल गर्न विभिन्न प्रकारका हाइटेक सफ्टवेरहरु उपलब्ध छन्। तर ति सबै तपाईलाई काम नलाग्न सक्छन्। सिस्टममा जति कम सफ्टवेर हुन्छन् त्यति नै ह्याङ हुने समस्या कम रहन्छ।यी त्यस्ता सफ्टवेर हुन जसले हार्डडिस्कमा कम स्थान लिन्छन् र सजिलै इनस्टल तथा अपडेट गर्न सकिन्छ। प्रयोगकर्ताले आफ्नो काम तथा इच्छा अनुसारका सफ्टवेर डाउनलोड गर्ने गर्दछन्।केही त्यस्ता सफ्टवेर छन् जो सबैलाई सधैंका लागि उपयोगी छन्।

एडोब फोटोसप

कम्प्युटर/ल्यापटप प्रयोगकर्तालाई फोटो इडिटिङ सफ्टवेर सधै आवश्यक परिरहन्छ। यस्तोमा राम्रो अप्सन हुनसक्छ एडोब फोटोसप। यसलाई चलाउन सामान्य तालिमको आवश्यकता पर्छ, जुन घरमै बसेर इन्टरनेटबाट सिक्न सकिन्छ। यस सफ्टवेरद्वारा आफ्नो इच्छा अनुसारको रेजोल्युसनमा फोटो तयार पार्न सकिने हँुदा यो निकै नै उपगोगी रहेको छ।

एन्टी भाइरस

तपाइले नयाँ कम्प्युटर/ल्यापटप किन्नु भएको छ ? वा पुरानै सिस्टम प्रयोग गरी राख्नुभएको छ भने पनि त्यसमा एन्टी भाइरस हुनु जरुरी छ। नयाँ सिस्टममा त अरुभन्दा पहिले एन्टी भाइरस नै इन्स्टल गर्नु राम्रो हो। बजारमा विभिन्न प्रकारका एन्टी भाइरस किन्न पाइनुका साथै यसलाई इन्टरनेटबाट पनि सजिलै डाउनलोड गर्न सकिन्छ। यस सफ्टवेरलाई निरन्तर अपडेट भने गरिरहनु पर्छ।

एडोब रिडर
कुनै पनि कम्प्युटर वा ल्यापटपमा आवश्यक अर्को सफ्टवेर हो ‘एडोब रिडर’। जब कुनै प्रयोगकर्ताले अनलाइन वा अफलाइन पिडिएफ, इ¬बुक्स वा इ¬फाइल खोल्नुपर्छ, त्यतिबेला यो आवश्यक हुन्छ।

भिएलसी मिडिया प्लेयर
मनोरञ्जनको लागि सबै प्रकारका अडियो तथा भिडियो फाइल प्ले गर्नका लागि भिएलसी मिडिया प्लेयर आवश्यक पर्दछ। यसलाई सिस्टममा इन्स्टल गरेपछि अन्य कुनै सफ्टवेरको आवश्यक्ता पर्दैन र यसले फाइलमा भएका सबै अडियो समेत सपोर्ट गर्नुको साथै मल्टीफीचर्स सहितमा उपलब्ध छ।

गुगलक्रोम र मोजिला फायरफक्स
कप्युटर तथा ल्यापटपमा प्रयोगकर्ताले इन्टरनेटको ज्यादा प्रयोग गर्ने गर्दछन्। यस्तोमा जोसुकै प्रयोगकर्ताको लागि मोजिला फायरफक्स र गुगल क्रोम आवश्यक पर्दछ। यो ब्राउजर्स सर्चिङ र डाउनलोड गर्न महत्वपूर्ण रहेको छ।

एमएस अफिस
यस सफ्टवेरमा पावर प्वाइन्ट, एक्सल, नोटवन, पब्लिसर जस्ता अन्य एप्लिकेसन हुने हँुदा हरेक प्रकारका डकुमेन्टमा काम गर्नुका साथै अफिस, स्कुल तथा कलेजका प्रिजेन्टेसनको कार्य समेत गर्न सकिन्छ।

फोल्डर लक
सिस्टममा भएको फाइलहरुको सुरक्षाको लागि यो सफ्टवेर महत्वपूर्ण मानिन्छ। यसबाट आफ्ना जरुरी तथा गोप्य फाइल, भिडियो, अडियो या सबै एप्लिकेसन लक गर्ने र पासवर्डबिना नखुल्ने हँुदा तपाइ बाहेक अरुले खोल्न सक्ने छैनन्।

रजिस्ट्री क्लिनअप
कोही प्रयोगकर्ताले जब कुनै सिस्टम प्रगोग गर्छन् तब उसको रजिस्ट्रीमा कयौं फाइलहरु आएर बस्छन्। यि फाइलका कारण कम्प्युटरको बुटिङ प्रक्रिया सुस्त हुनुका साथै सिस्टम पनि स्लो हुन जान्छ।

एजेन्सी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here