कृषि विकास बैंक साफा (SAFA) को ‘सर्टिफिकेट अफ मेरिट’ अवार्डबाट लगातार दोस्रो वर्ष सम्मानित
१२ मंसिर, काठमाडौं।
कृषि विकास बैंक साफा (SAFA) द्वारा लगातार दोस्रो बर्ष “Certificate of Merit” अवार्ड बाट सम्मानित
कृषि विकास बैंक लिमिटेड लगातार दोस्रो वर्ष साउथ एसियन फेडेरेसन अफ एकाउन्टेन्ट्स् (SAFA) द्वारा प्रदान गरिने ‘Certificate of Merit’ अवार्डबाट सम्मानित भएको छ।
आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदनमा उत्कृष्ट वित्तीय पारदर्शिता, जवाफदेहिता र संस्थागत सुशासन प्रस्तुत गरेबापत बंगलादेशको ढाकामा आयोजित समारोहमा बैंकले यो प्रतिष्ठित दक्षिण एसियाली सम्मान प्राप्त गरेको हो।
कृषि विकास बैंक लिमिटेड लगातार दोस्रो वर्ष ‘साउथ एसियन फेडेरेसन अफ एकाउन्टेन्ट्स्” (SAFA) द्वारा प्रदान गरिने “सर्टिफिकेट अफ मेरिट” अवार्डबाट सम्मानित भएको छ।
साउथ एसियन फेडेरेसन अफ एकाउन्टेन्टट्स् (साफा)ले दक्षिण एसियाका पब्लिक सेक्टर बैँकहरुको समुह अन्तर्गत कृषि विकास बैँक “Best Presented Annual Report Awards, Integrated Reporting Awards and Corporate Governance Disclosure” विधा अर्न्तगत प्रदान गरिने “Certificate of Merit”अवार्डबाट सम्मानित भएको हो।
साउथ एसियन फेडेरेसन अफ एकाउन्टेन्ट (साफा)ले आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदनका आधारमा संस्थाको वित्तीय पारदर्शिता, जवाफदेहिता र संस्थागत सुशासनका लागि उक्त अवार्ड प्रदान गरिएको हो ।
साफाले बंगलादेशको ढाकामा आयोजित एक समारोहमा उक्त अवार्ड बैंकलाई प्रदान गरेको छ। बैंकले गत वर्ष समेत साफा अवार्ड जित्न सफल भएको थियो।
साउथ एसियन फेडेरेसन अफ एकाउन्टेन्ट (साफा) इन्टरनेशनल फेडेरेसन अफ एकाउन्टेन्टको संजाल साझेदार हो जसमा नेपाल, भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका, मालदिभ्स र अफगानिस्तान लगायत विभिन्न एघार वटा दक्षिण एसियाली क्षेत्रका चार्टड् एकाउन्टेन्ट निकायहरु समावेश छन्।
साफाले हरेक वर्ष दक्षिण एसियाली क्षेत्रमा प्रकाशित वित्तीय प्रतिवेदनको मूल्यांकन गरी विभिन्न विधामा अवार्डहरु प्रदान गर्दै आईरहेको छ।
For more: ADBL SAFA Certificate of Merit Awards



