हाम्रो नेपाली English Dictionary App सार्वजनिक

hamro dictionary

१० लाख भन्दा बढी डाउनलोड भइसकेको यो “हाम्रो नेपाली-EnglishDictionary”app सन् २०१६ मा प्रथम पटक सार्वजनिक भएसँगै हाल यसलाई दैनिक लाखौँ प्रयोगकर्ताहरूले नियमित साथ दिँदै आइरहनुभएको छ ।

hamro dictionary card

एण्ड्रोइड मोबाइलमा एकपटक डाउनलोड गरिसकेपछि प्रयोग गर्न इन्टरनेट नचाहिने यो नेपालकै पहिलो Offline Dictionary app हो । नेपाली शब्दका अंग्रेजी अर्थ अथवा अंग्रेजी शब्दका नेपाली अर्थ हेर्न, बुझ्न, सिक्न र उच्चारण सुन्न मोबाइलमा यसअघि अन्य विकल्प थिएनन् । पहिलो संस्करण कक्षा १० सम्मका स्कूले विद्यार्थीहरूमा उपयोगी हुने खालका सीमित शब्दहरू राखेर सार्वजनिक गरिएको थियो । आज सार्वजनिक यस नयाँ संस्करण भने झन् तीक्ष्ण भएर नेपाली तथा अंग्रेजीका प्रशस्त शब्दहरूसहित Play Storeमा उपलब्ध छ । स्कूले तहबाट माथि उठेर वयस्कहरूकोलागि”हाम्रो नेपाली-English Dictionary” appतयार भएकोछ अर्थात् अब यसले Advanced शब्दहरू पनि देखाउनेछ, व्याख्या गर्नेछ, तस्वीर देखाउँदै शुद्ध उच्चारण पनि गरिदिनेछ ।

नेपाली अक्षरमा, व्याकरणमा तथा समग्रमा नेपाली भाषामा अतुलनीय योगदान दिँदै पुराना तथा नयाँ नेपाली पुस्तालाई भाषाको गरिमासँग निरन्तर जोड्न सफल वरिष्ठ व्याकरणकार, कोशकार तथा भाषाविद् समादरणीय श्री चूडामणि गौतमज्यूले यो हाम्रो “हाम्रो नेपाली-English Dictionary”app को नयाँ संस्करणका लागि ३० हजार बढी नेपाली शब्द तथा २२ हजार बढी अंग्रेजी शब्दहरू उपलब्ध गराउनुभएको छ । परापूर्वकालदेखि नेपाली भाषामा प्रयोग भएका शब्दहरूदेखि नयाँ पुस्ताबीच बोलीचाली तथा, चलनचल्तीका शब्दहरू पनि यसमा समेटिएका छन् । नेपाली सिक्नका लागि नेपाली भाषाका सरल र दैनिक बोलीचालीमा प्रयोग हुने वाक्यहरू (उच्चारण र अंग्रेजी अर्थसहित) यसका मुख्य विशेषताहरू हुन् ।­

थुप्रैAdvanced शब्दहरू शुद्ध उच्चारण (Audio सहित)तस्बिर सहित

नेपाली शब्द र त्यस शब्दको सरल व्याख्यासँगै अंग्रेजी अर्थहरू देश तथा विदेशमा रहनुहुने नेपाली–समाजका नयाँ, पुराना तथा भावी पुस्ताबीच जोगाइराख्नुका साथै प्रचार–प्रसार गर्ने उद्देश्यका साथ हाम्रो प्रविधिले श्री चूडामणि गौतमज्यूसँग शब्दका लागि सहकार्य गरेको हो ।

थप विशेषतायूक्तः
असंख्य शब्दहरूः ३० हजार नेपाली तथा २२ हजार बढी अंग्रेजी शब्दहरू
तस्वीरः
शब्दसंग सम्बन्धित तस्वीरहरू सहित (इन्टरनेट आवश्यक)
अडियो उच्चारणः अंग्रेजी तथा नेपाली शब्द कसरी बोल्ने सोकोअडियो उच्चारण (Pronunciation)
अफलाइनःDictionary प्रयोग गर्न, शब्दहरू खोज्न इन्टरनेट नचाहिने
खोज्नेः
सजिलै Search मा गएर आवश्यक नेपाली, अंग्रेजी शब्द खोज्न सकिने
शब्द सुरक्षितः आफूलार्इ मनपरेका अथवा विशेष लागेका शब्दहरू सुरक्षित (Save) गर्न सकिनेअक्षर खेलःअक्षरसंग सम्बन्धित ज्ञानवर्धक खेलहरू

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here