अन्तराष्ट्रिय प्रविधी सम्मेलन सकियो

2018 APRICOT CONFERENCE
  Asia Pacific Regional Internet Conference on Operational Technologies (APRICOT 2018)
APRICOT 2018

काठमाडौं । १० दिन लामो एसिया प्रशान्त क्षेत्रीय प्रविधि सम्मेलन बुधबार सम्पन्न भएको छ । नेपालमा पहिलो पटक आयोजना भएको सम्मेलनमा ५ दर्जन देशबाट १ हजार भन्दा बढिले सहभागिता जनाएका छन् ।

इन्टरनेट तथा नेटवर्क इन्जिनियरहरू, प्रविधि सम्बन्धी नीति निर्माता र विश्वका चर्चित प्रविधि कम्पनी गुगल, फेसबुक, अमाजोन जस्ता कम्पनीको सहभागितामा सम्मेलन सम्पन्न भएको हो ।

सम्मेलनमा इन्टरनेट तथा नेटवर्क प्रविधीमा पहिल्लो समयमा आएका परिवर्तन र भविश्यको प्रविधिको विषयहरूमा बहस भएको थियो ।

2018 CONFERENCE APRICOT

नेपालबाट वायरलेस नेटवर्कका अभियान्ता महारविर पुनले आफ्नो पछिल्लो परियोजना, नेपाल इनोभेसन सेन्टरबारे प्रस्तुती दिएका थिए । सेन्टरले ‘मेडिकल ड्रोन’, पानी प्रशोधन प्रविधी र तिन पाङ्ग्रे ट्याम्पोको ब्याट्री मर्मतका लागि काम सुरू गरिसकेको बताउँदै पुनले थप परियोजनामा सहकार्यका लागि विज्ञहरूलाई आह्वान गरेका छन् ।

सम्मेलनकै असवरमा चर्चित क्लाउड कम्पनी क्लाउडफ्लायरले नेपालमा आफ्नो डाटा सेन्टर सुरू गरेको घोषणा गरेको छ । उक्त कम्पनीले भारत पछि दक्षिण एसियामा नेपालमा यस्तो सेन्टर स्थापना गरेको हो । यस्तो डाटा सेन्टरको सञ्चालनले नेपालमा इन्टरनेट ब्राउजिंङ सेवा थप छरितो हुने र ‘इन्टरनेट ब्यान्डविथ’का लागि विदेशिने लागत कम हुने छ ।

एसिया प्रशान्त इन्टरनेट संघ (एपिआइए) र एसियाप्रशान्त नेटवर्क सूचना केन्द्र (एपिनिक) ले इन्टरनेट एक्सचेञ्ज नेपाल (एनपिआइएक्स) सँगको सहकार्यमा सम्मेलनको आयोजना गरेको हो ।
सम्मेलनबारे थपजानकारी : http://2018.apricot.net./

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here