‘वर्डप्रेस’ सम्वन्धि अन्तरास्ट्रिय स्तरको सेमिनार हुने

wordcamp kathmandu nepal

वर्डक्याम्प विश्वव्यापी रुपमा आयोजना हुने अन्तर्रा्ष्ट्रिय कार्यक्रम हो । नेपालमा भने सन् २०१२ देखि नेपालका वर्डप्रेस प्रयोगकर्ता तथा सफ्टवेयर विकासकर्ताहरुको समूह वर्डप्रेस नेपालद्वारा वर्डक्याम्प पहिलोपटक आयोजना भई प्रत्येक वर्ष आयोजना हुदै आएको छ ।

एक तथ्यांक आनुसार विश्वका सम्पूर्ण वेबसाईट मध्ये झण्डै ५ मा १ वेबसाईट वर्डप्रेस प्लेटफर्म प्रयोग गरी बनाइएको हुन्छ । वर्डप्रेस सामान्य र व्यक्तिगत ब्लग लेख्न देखि, ठूला ठूला अनलाइन समाचार पोर्टल, कम्पनीका वेबसाइट, सरकारी तथा गैर सरकारी संघ संस्थाका वेबसाइट आदि बनाउन प्रचलित छ । नेपालमा मात्र वर्डप्रेसमा काम गर्ने ५० भन्दा बढी आइ टि कम्पनीहरु र सयौंको संख्यामा फ्रिल्यासरहरु रहेका छन् ।

संसारको प्रख्यात वेबसाइट बनाउने र सित्तैमा पाइने सफ्टवेर ‘वर्डप्रेस’ सम्वन्धि अन्तरास्ट्रिय स्तरमा गरिने सेमिनार कार्यक्रम ‘वर्डक्याम्प काठमाडौँ’को तेस्रो संस्करण वर्डक्याम्प काठमाडौँ २०१८ को आयोजना आगामी चैत्र ३ र ४ गते काठमाडौँमा हुने भएको छ ।

कार्यक्रममा ४०० जनाभन्दा बढीको सहभागिता रहने अनुमान गरिएको छ । कार्यक्रमलाई वर्डप्रेसमा काम गरेर सफल विभिन्न स्वदेशी तथा विदेशी कम्पनीहरुले प्रायोजन गरेका छन् । कार्यक्रममा नेपालका अनुभवी वर्डप्रेस विज्ञहरु, साथै केहि विदेशी ख्यातिप्राप्त कम्पनीका वर्डप्रेस विज्ञहरुले समेत अनुभव बाड्ने र विभिन्न विषयमा प्रस्तुती दिने हुनाले वर्डक्याम्पको यो संस्करण महत्वपुर्ण हुने बताइएको छ ।

 वर्डप्रेस समुदायकै योगदानले चलेको हुनाले नेपाली वर्डप्रेस प्रयोगकर्ताहरुले पनि यस पटकको वर्डक्याम्पबाट १ दिन योगदान दिन पाउनु गर्वको कुरा भएको मुख्य आयोजक यामबहादुर क्षेत्रीले बताए ।

Contribution: Click Here

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here