नेपाली कम्पनी लगप्वाइन्टले जित्यो गार्टनरको ‘म्याजिक क्वाड्रान्ट’ उपाधी

काठमाडौं । सफ्टवेयर निर्माता कम्पनी लगप्वाइन्टले अन्तराष्ट्रिय स्तरमा दिईने गार्टनर म्याजिक क्वाड्रान्ट २०१८ उपाधि हात पारेको छ । लग प्वाइन्टले सो उपाधी सिएम (सेक्यूरिटी इन्फर्मेशन एण्ड इभेन्ट म्यानेजमेन्ट) सफ्टवेयरको लागि हासिल गरेको हो ।

डेनमार्कमा मुख्य कार्यालय रहेको लग प्वाइन्टको नेपाल शाखा लगप्वाइन्ट नेपाल (Logpoint Nepal) ले बनाएको सो सफ्टवेयरको लागि म्याजिक क्वाड्रान्टको उपाधी हात पारेको हो । विश्वभरबाट सो उपाधीको लागि विभिन्न कम्पनीहरुले प्रतिस्पर्धा गरेकामा लगप्वाइन्टसहित ८ वटा कम्पनीहरुले सो उपाधी हात पारेका हुन् । गार्टनर ग्रुपले विश्वभर सूचना प्रविधिको क्षेत्र तथा बजारीकरणको क्षेत्रमा विभिन्न किसिमका अनुसन्धान गर्दछ भने सो अनुसन्धानको आधारमा विभिन्न रिपोर्टहरु प्रकाशित गर्ने गर्दछ ।
गार्टनरले यो वर्षको म्याजिक क्वाड्रान्टको लागि विश्वभरबाट पठाईएको आवेदनअनुसार तोकिएको कडा मापदण्ड, विश्लेषण र अन्तरवार्ताको आधारमा चरणबद्धरुपमा छनौट गर्ने गर्दछ । गार्टनरको म्याजिक क्वाड्रान्टमा छनौट हुने कम्पनीहरुको उत्पादन तथा सेवाहरु विश्वभर बिक्री वा प्रयोगका लागि तयार हुने गर्दछ ।

के हो सिएम(सेक्यूरिटी इन्फर्मेशन एण्ड इभेन्ट म्यानेजमेन्ट)

सिएम सलुसनले सम्पूर्ण व्यक्तिगत सिस्टमबाट लग्स संकलन गर्दछ र थप भ्यालू दिन्छ । यसले कुनैपनि सार्वजनिकरुपमा ह्याकरको साइटमा कनेक्सन भएमा त्यसको अलर्ट पनि गर्दछ । लगप्वाइन्टले बनाएको उत्पादनले साइबर अट्याकको बारेमा जानकारी दिने गर्दछ जसअन्तरगत प्रयोगकर्ताहरुको एकाउन्टलाई ह्याकरले अन्य कार्यमा प्रयोग गरेको छ भने पनि त्यसबारे पत्ता लगाउँछ ।

सिएम सिस्टमले साइबर अट्याकबाट बचाउने र सुरक्षा दिनुका साथसाथै यसले नेटवर्कमा के भईरहेको छ भन्ने जानकारी पनि दिन्छ । सिएम सिस्टमलाई तत्काल अडिटका लागि पनि प्रयोग गर्न सकिनेछ । सिएमको अर्को प्रयोग भनेको अपरेसनल इफिसिएन्सिको लागि सहयोग गर्दछ । नेपालमा नै उत्पादन गरिएको सो उत्पादनले विश्व बजारमा नयाँ अवसर सिर्जना गरेको लग प्लाइन्टका नेपाल प्रालिका कन्ट्रि म्यानेजर थोमस ह्याभले बताए ।

‘पहिलो पटक नेपालमा नै बनेको र नेपालीले नै तयार पारेको उत्पादनले विश्वको उत्कृष्ट उपाधी हासिल गर्नु निकै गर्वको विषय हो । यसले आगामी दिनमा नेपाली उत्पादनहरुले पनि विश्वस्तरको सफ्टवेयर बनाउन सक्छन भन्ने प्रमाणीत भएको छ,’ थोमस ह्याभले भने ।
लग प्वाइन्टले यसअघि सन् २०१७ मा गार्टनरकै लिडर अवार्ड हात पारेको थियो ।

लग प्वाइन्टको बारेमा

लग प्वाइन्ट नेपाल दश वर्षअघि नेपालमा स्थापना भएको थियो । लगप्वाइन्टले सेक्यूरिटी एनालाईसिस, सर्भिस र सपोर्टको लागि विभिन्न प्रडक्टहरु बनाउने गर्दछ । नेपालभित्र करिब १५० जनालाई रोजगारी दिईरहेको लग प्वाइन्ट नेपालले एशिया प्यासिफिक क्षेत्रका लागि सेल्स र प्रि सेल्स सपोर्टका लागि काम गर्दछ, यसका साथै कम्पनीले विश्वभर आफ्ना सेवाहरु प्रदान गर्दछ ।

Credit: Anuj Raj Dhungel

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here