अँध्योरोमा पनि उत्कृष्ट तस्विर लिन सघाउने ओपो आर१७ प्रो

अँध्योरोमा पनि उत्कृष्ट तस्विर लिन सघाउने ओपो आर१७प्रो, डिसेम्बर १५ देखि नेपालमा उपलब्ध हुने

 मंसिर २३, काठमाडौं । सेल्फी एक्स्पर्ट एण्ड लिडर, ओपोले आधिकारिक रुपमै आर सिरिज नेपालमा सार्वजनिक गर्ने तयारी पूरा भएको घोषणा गरेको छ । नेपालमा निकै लामो समयदेखि प्रतिक्षारत आर–सिरिजको सुरुवातनयाँ स्मार्टफोन ओपो आर१७प्रो मार्फत गर्ने छ । नेपालमा आर१७प्रो को विक्रिको सुरुवात नजिकिदै गरेको क्रिसमस तथा न्यू इयरको अवसर पारेर डिसेम्बर १५मा गरिने कम्पनीले जानकारी दिएको छ ।

आर१७प्रो मार्फत आफ्ना उपभोक्तालाई रातका समयमा पनि उत्कृष्ट तस्विर लिन सघाउने कम्पनीको प्रमुख उद्देश्य रहेको छ । आफ्नो पहिलो क्यामेरा फोन देखि नै ओपोले आफ्ना विश्वभरका उपभोक्तालाई उत्कृष्ट फोटोग्राफी अनुभव प्रदान गर्दै आइरहेको छ । अब आफ्नो आर१७प्रोमा रहेको अल्ट्रा नाइट मोडद्वारा प्रचालित‘सिज द नाइट’मार्फत थप यूवाहरुको लोकप्रिय स्मार्टफोन बन्ने आफ्नो प्रतिबद्धता पुरा गरिरहेको छ ।

गुणस्तरिय फोटोग्राफीका लागि उत्कृष्ट क्यामेरा

उत्पादनमा समाहित प्रविधिका कुरा गर्दा ‘नाइट सुटिङ’ अझै पनि स्मार्टफोन उद्योगका लागि एक प्रमुख चुनौतिका रुपमा विद्यमान छ । विशेषगरी नाईट फोटोग्राफीलाई ध्यानमा राखीओपो आर१७प्रोमा हार्डवेयर तथा सफ्टवेयर दूवै पक्षमा स्तरोन्नती गरिएको छ । आर१७प्रोमा प्रयोगकर्तालाई उत्कृष्ट गुणस्तरको नाइट फोटो लिन सघाउन सफ्टवेयर लेभल एआई अल्ट्रा क्लियर ईञ्जिनको ब्यवस्था गरिएको छ । फोनमा दिइएको एआई अल्ट्रा–क्लियर ईञ्जिन ओपोको तस्विर परिस्कृत गर्ने प्रविधि हो । यसले हार्डवेयरको सिमा भन्दा माथी उठेर तस्विरको गुणस्तरमा बृद्धि गर्दै उत्कृष्ट नाइट सट्स लिन सघाउँछ ।

ओपो आर१७प्रोमाएफ१.५÷एफ२.४को भ्यारिएबल स्मार्ट एपर्चर दिइएको छ । यसले कम वा अधिक प्रकाश भएका दूबै अवस्थामा तस्विरलाई स्पष्ट र गुणस्तरिय बनाउन स्वचालित रुपमा आफुलाई समायोजन गर्ने क्षमता राख्छ । त्यसैगरी फोनमा अप्टिकल ईमेज स्टेबलाइजेशन (ओआईएस) प्रविधि पनि छ । यसले फोनमा उपलब्ध गरिएको ७पी लेन्स मोड्यूलको माध्यमबाट रातको समयमा खिचिने तस्विरलाई उज्योलो बनाउन लामो एक्स्पोजरको प्रयोगकता दौरान तस्विरलाई स्टेबलाइज गर्न सघाउँछ ।

त्यसैगरी, सेन्सरका कुरा गर्दा आर१७प्रोमा मुख्य क्यामेराका रुपमा सोनी आईएम एक्स३६२को प्रयोग गरिएको छ । १२ एमपीको यो क्यामेरामा तिब्र र सटिक फोकसिङका लागि डुअल पिक्सेलको ब्यवस्था गरिएको छ । साथै, नोइज लेभलकम गर्न तथा चहकिला नाइट सट्सका लागि फोनमा १.४ माइक्रोन पिक्सेल साइज र १÷२.५५ सेन्सर साइजको ब्यवस्था फोनमा रहेको छ । छोटकरीमा भन्नु पर्दा ओपो आर१७प्रोको समग्र हार्डवेयर प्रणालीको डिजाइन नै विशेषगरी नाइट फोटोग्राफीलाई ध्यानमा राखि गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here