नेपालमा ओपो आर १७ प्रो सार्वजनिक फस्र्ट सेल मार्फत विक्रि शुभारम्भ

 पुष १, काठमाडौं ।

कला र नवप्र बर्तनात्मक प्रविधि समायोजित उत्पादन पस्कँदै वैश्विक स्तरमै अग्रणी स्मार्टफोन ब्राण्डका रुपमा आफनो परिचय स्थापित गर्न सफल ओपोले नेपालमा आर सिरिज अन्तर्गत आर १७ प्रो सार्वजनिक गरेको छ । उपभोक्ताका दैनिकअवश्यकताको पूर्ति गर्ने सोचका साथ आर १७ प्रो नयाँ आकर्षक ग्राडियण्ट डिजाइन र नव प्रबर्तनात्मक प्रविधिको उत्कृष्ट समायोजनका रुपमा सार्वजनिक गरिएको हो । पाको, न्यूरोडमा आइतवार फस्र्ट सेल कार्यक्रमको आयोजना गर्दै कम्पनीेले आधिकारिक रुपमा नेपालमा आर १७ प्रोको विक्रि आरम्भको घोषणा गरेको हो ।

स्क्रिनको ९१.५% ओगट्ने १९.५ः९ एफएचडी+ ६.४ ईञ्च स्क्रिन सहितको आर १७ प्रोमा वाटरड्रप स्क्रिनको प्रयोग गरिएको छ । उपभोक्तालाई ठूलो स्क्रिन टू बडी रेसियो अनुभव दिने सोचका साथ कम्पनीले फोनको फ्रण्ट क्यामेरा वाटर ड्रपलेटको मध्य भागमा समायोजित गरेको छ । फोनको गति र कार्य क्षमतामा तिब्रताका लागि ८ जीबी ¥याम + १२८ जीबी रोम सहितको आर १७ प्रो, कोरनिङ गोरिल्लाग्लास ६ प्रयोग गरिएको पहिलो उपकरण हो । कलरओएस ५.२ मा आधारित एण्ड्रोइड ८.१ सञ्चालन प्रणाली प्रयोग गरिएको यो फोनलाई क्वालकम स्न््यापड्र्यागन ७१० प्रोसेसरले शक्ति प्रदान गर्छ ।

मूल्य रु. ८९,९९०÷–निर्धारण गरिएको ओपो आर१७प्रो आजैका मितिबाट देशभरका प्रमुख विक्रि केन्द्र मार्फत उपलब्ध गरिएको छ ।

‘नेपालमा आर सिरिज प्रवेशको घोषणा गर्न पाउँदा हामी निकै प्रफुल्लित छौँ । ओपोमा हामी सँधै उपभोक्ताको आवश्यकता अनुसारका उत्पादन निर्माणका लागि बृहत आर एण्ड डीमा जोड दिन्छौँ । कुनै पनि उत्पादनको निर्माण गर्दा हामी त्यसलाई आकर्षक डिजाइन तथा उत्कृष्ट प्रविधिको संयुक्त नमुना बनाउने तिर विशेष ध्यान दिन्छौँ । यही सोचका साथ हामीले आर १७ प्रो लाई नव प्रबर्तनात्मक प्रविधिका साथै उत्कृष्ट डिजाइन मार्फत प्रयोगकर्ता लाई प्रतियोगितात्मक यूगमा कटिङ एड्ज स्मार्टफोनका रुपमा आर १७ प्रोको निर्माण गरेका छौँ ।’,ओपो नेपालका प्रमुख कार्यकारी अधिकृत बबी ट्राओले भने ।

ग्राडियण्ट डिजाइन

नेबुला पर्पल रंगमा आर १५ सार्वजनिक गरे देखि नै ओपोले स्मार्टफोन उद्योगमा ग्राडियण्ट डिजाइनका साथमा उद्योगमा नयाँ ट्रेण्डको सुरुवात तथा अगुवाइ गरिरहेको छ । आर १७ प्रो मा कम्पनीले प्रकाशलाई उपकरणको माथिल्लो तहमा बहन सघाउने लाईट कन्डेन्सिङ तह सहित नयाँ अवधारणामा आधारित ‘थ्रीकलर र बाई÷क्वाड डिरेक्सन’ ग्राडियण्ट डिजाइनको प्रयोग गरेको छ । नेपाली बजारमा रहेका विभिन्न मागलाई दृष्टिगत गर्दै उपभोक्तालाई डिजाइन तथा प्रविधि सम्बन्धित नयाँ अनुभव प्रदान गर्ने सोचका साथ आ र१७ प्रो मा विभिन्न अत्याधुनिक तथा परिस्कृत प्रविधिहरु पनि उपलब्ध गरिएका छन् । कम्पनीले नयाँ फोनलाई आकर्षक ¥याडियण्ट मिस्ट रंगमा उपलब्ध गराएको छ ।

नव प्रबर्तनात्मक प्रविधि

हिडन फिंगर प्रिण्ट अनलक सहितको आर १७ प्रो मा प्रयोगकर्तालाई तिब्र गतिमा सुरक्षित तवरले चार्ज गर्न सघाउने सुपर भोक फ्ल्यास चार्जिङ प्रविधि पनि उपलब्ध गरिएको छ । उपभोक्ताको माग र ब्यवहारको गहनअध्ययन पश्चात सुपरभोक प्रविधिको विकास गरिएको हो । यो प्रविधिले आर १७ प्रो प्रयोगकर्तालाई करिव १० मिनेटको समयमै आफ्नो फोनको ब्याट्रि ४०% चार्ज गर्ने क्षमता प्रदान गर्छ । उपभोक्ताको तिब्र गतिमा विश्वसनिय, सुरक्षित र टिकाउ तरिकाले चार्ज गर्ने चाहनाको सम्बोधनार्थ कम्पनीले यो चार्जिङ प्रविधिको विकास गरेको हो । फोनले मोबाइल पेमेण्टलाई सहज र सुलभ बनाउने एन एफ सीतार रहित भुक्तानी सुविधा पनि प्रदान गर्छ ।

गुणस्तरिय फोटोग्राफी

उत्पादनमा समाहित प्रविधिका कुरा गर्दा ‘नाइट सुटिङ’ अझैपनि स्मार्टफोन उद्योगका लागि एक प्रमुख चुनौतिका रुपमा विद्यमान छ । विशेषगरी नाईट फोटोग्राफीलाई ध्यानमा राखी ओपो आर १७ प्रोमा हार्डवेयर तथा सफ्टवेयर दूवै पक्षमा स्तारोन्नती गरिएको छ । आर १७ प्रो मा प्रयोगकर्तालाई उत्कृष्ट गुणस्तरको नाइट फोटो लिन सघाउन सफ्टवेयर लेभलएआई अल्ट्रा क्लियर ईञ्जिनको ब्यवस्था गरिएको छ । फोनमा दिइएको एआई अल्ट्रा–क्लियर ईञ्जिन ओपोको तस्विर परिस्कृत गर्ने प्रविधि हो । यसले हार्डवेयरको सिमा भन्दा माथी उठेर तस्विरको गुणस्तरमा बृद्धि गर्दै उत्कृष्ट नाइट सट्स लिन सघाउँछ ।

ओपो आर १७ प्रोमा एफ १.५÷एफ २.४ को भ्यारिएबल स्मार्ट एपर्चर दिइएको छ । यसले कम वा अधिक प्रकाश भएका दूबै अवस्थामा तस्विर लाई स्पष्ट र गुणस्तरिय बनाउन स्वचालित रुपमा आफुलाई समायोजन गर्ने क्षमता राख्छ । त्यसैगरी फोनमा अप्टिकल ईमेज स्टेबलाइजेशन (ओआईएस) प्रविधि पनि छ । यसले फोनमा उपलब्ध गरिएको ७ पी लेन्स मोड्यूलको माध्यमबाट रातको समयमा खिचिने तस्विरलाई उज्यालो बनाउन लामो एक्स्पोजरको प्रयोगकता दौरान तस्विरलाई स्टेबलाइज गर्न सघाउँछ ।

त्यसैगरी, सेन्सरका कुरा गर्दा आर १७ प्रो मा मुख्य क्यामेराका रुपमा सोनी आई एम एक्स ३६ २को प्रयोग गरिएको छ । १२ एमपीको यो क्यामेरामा तिब्र र सटिक फोकसिङका लागि डुअल पिक्सेलको ब्यवस्था गरिएको छ । साथै, नोइज लेभल कम गर्न तथा चहकिला नाइट सट्सका लागि फोनमा १.४ माइक्रोन पिक्सेल साइज र १÷२.५५ सेन्सर साइजको ब्यवस्था फोनमा रहेको छ । छोटकरीमा भन्नु पर्दा ओपो आर १७ प्रोको समग्र हार्डवेयर प्रणालीको डिजाइन नै विशेषगरी नाइट फोटोग्राफीलाई ध्यानमा राखि गरिएको छ ।

एआर स्टिकर्स

आफ्ना प्रियजनसंग रोचक सेल्फी सेयर गर्न सकियोस् भन्ने सोचका साथआर१७प्रोमाएआर स्टिकर सुविधापनिउपलब्धगरिएको छ । तेस्रो पक्षियएप डाउनलोड गर्न नपर्ने गरी फोनको क्यामेरा एपमा ईनब्यूल्ट रुपमै फोनमा समाहितगरिएको छ ।

हिडन फिंगर प्रिण्ट अनलक

प्रयोगकर्ता अनुभवलाई थप एक कदम अगाडी लग्दै ओपोले नयाँफिचरका रुपमा आर १७ प्रो मा ‘हिडन फिंगरप्रिण्ट अनलक’उपलब्ध गराएको छ । यसले प्रयोगकर्तालाई विनाकुनै झञ्झट अझ सहजतरिकाले फोन अनलक गर्न सघाउँछ ।

 कलरओएस ५.२

कम्पनीले आर १७ प्रो मा कलर ओएस ५.२ मा आधारित एण्ड्रोइड ८.१ सञ्चालन प्रणालीको प्रयोग गरेको छ । यस ओएस मा थपिएको फिचरका रुपमाफुल स्क्रिन मल्टि टास्किङ स्मार्टबारलाई लिन सकिन्छ । यसले प्रयोगकर्तालाई गेमिङ वा भिडियो हेर्ने जस्ता फुल–स्क्रिनकार्य गरिरहँदा म्यासेजको रिप्लाई गर्ने लगायत कार्यमा सहजता प्रदान गर्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here